अमेरिका र चीन एक अर्कामाथि चर्को कर घटाउन सहमत
@nepalshow अमेरिका र चीन एक अर्कालाई लगाएको चर्को कर घटाउन सहमत #Nepalshow #uschinatension ♬ original sound - Nepal show
अमेरिका र चीन एक अर्काको सामानमा लगाइरहेको चर्को कर तत्कालका लागि घटाउन सहमत भएका छन् ।
अमेरिका र चीन दुबै पक्ष बुधबारदेखि लागू हुने गरी ९० दिनका लागि एक अर्काको सामानमा ११५ प्रतिशत कर घटाउन सहमत भएका हुन् ।
अमेरिकी अर्थ सचिव स्कट बेसेन्ट र चीनका उपप्रधानमन्त्री हे लिफेङबीचको वार्तापछि दुबै देश ९० दिनका लागि चर्को घर घटाउन सहमत भएका हुन् ।
यो सहमतिपछि अमेरिकाले चिनियाँ सामानमा लगाएको कर ३० प्रतिशतमा झर्नेछ भने चीनले अमेरिकी सामानमा लगाएको कर १० प्रतिशतमा झर्नेछ ।
अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएको थियो भने चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको थियो ।
दुबै देशले अर्थतन्त्र र व्यापार सम्बन्धबारे नियमित छलफल गर्न एक संयन्त्र पनि बनाएका छन् ।
अमेरिका र चीनबीच १ फेब्रुअरीदेखि व्यापार युद्ध सुरु भएको थियो । अमेरिकाले फेब्रुअरी १ मा चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर लगाएर व्यापार युद्ध सुरु गरेको थियो ।
अप्रिल ३ तारेखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका देशलाई १० देखि ४५ प्रतिशतसम्म कर लगाएका थिए । त्यतिबेला चीनका सामानमा ३४ प्रतिशत कर घोषणा गरिएको थियो ।
त्यसपछि अमेरिका र चीन दुबैले टिट फर ट्याट शैलीमा कर वृद्धि गर्दै आएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अरु देशलाई लगाएको कर ९० दिनका लागि स्थगित गरे पनि चीनको ट्यारिफ भने बढाएका थिए ।
त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमा कर बढाइरहेको थियो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






