3 Minute
लुम्बिनीमा जनमत पार्टीकी सांसदले दिइन् राजीनामा
@nepalshow लुम्बिनीमा जनमत पार्टीकी सांसदले दिइन् राजीनामा #Nepalshow ♬ original sound - Nepal show
लुम्बिनीमा जनमत पार्टीकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले मंगलबार प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई पत्र लेखेर राजीनामा दिएकी छन् ।
सार्वजनिक भएको उनको राजीनामा पत्रमा आफू पदमा रहिरहन र जनताको करबाट तलब लिन उपयुक्त नभएको उल्लेख गरेकी छन् ।
प्रदेशसभा सचिवालयकी प्रवक्ता कमला पोखरेल पौडेलका अनुसार सांसद गुरुङको राजीनामा पत्र आइपुगेको छैन । सांसद गुरुङ पछिल्लो समय प्रदेशसभा बैठकमा आउन छाडेकी थिइन् ।
लुम्बिनीमा २०८१ मंसिर १६ गते सुरु भएको पाचौं अधिवेशन २०८१ फागुन ६ गतेसम्म चलेको थियो । यस अवधिमा १० वटा बैठक भएका थिए । तीमध्ये सांसद गुरुङ तेस्रो र पाचौं दुईवटा बैठकमा मात्र उपस्थित भएकी थिइन् ।
प्रकाशित मिति:
मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






