सांसदहरुले भने– गभर्नर नियुक्तिमा राष्ट्रकै बेइज्जत
@nepalshow 'गभर्नर नियुक्तिमा राष्ट्रकै बेइज्जत'
♬ original sound - Nepal show
विपक्षी सांसदहरुले गभर्नर नियुक्तिमा राष्ट्रकै बेइज्जत भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले दुई तिहाइको बलियो सरकारले एउटा गभर्नर नियुक्ति गर्न नसक्नुको कारण के होला ? भनेर प्रश्न गरिन् ।
सत्तारुढ दलको स्वार्थ नमिलेर गभर्नर नियुक्ति हुन नसकेको चर्चा भइरहेको भन्दै उनले राष्ट्रकै बेइज्जती नगर्न र सक्षम र योग्य व्यक्तिलाई गभर्नर नियुक्ति गर्न माग गरेकी छन् ।
राप्रपाकी सांसद रोशन कार्कीले गभर्नर पद लिलामीमा चढेको टिप्पणी गरिन् । लिलामी रकम साढे ३ करोड नाघेको सुनेको उनले बताइन् ।
सांसद कार्कीले कार्यबाहक गभर्नर निलम ढुंगानालाई नै गभर्नर नियुक्ति गर्न माग गरिन् । संसदमा उनले भनिन्, ‘यता र उता योग्य र अयोग्य मान्छे खोज्न नलागौं, यसले देशको स्थिति अत्यन्त हास्यास्पद भइसक्यो ।’
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






