मध्यपहाडी लोकमार्ग यात्रामा माओवादी, नेताहरु पुगे डडेल्धुरा
हुलाकी राजमार्गको यात्रा सकेर नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्गको राजनीतिक यात्रा सुरु गर्दैछ ।
मध्यपहाडी लोकमार्गको यात्राका लागि माओवादी नेताहरु जेठ १ गते डडेल्धुरा पुगेका छन् । उनीहरु जेठ २ गते बैतडीको पाटनमा पुगेर मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गर्नेछन् ।
मध्यपहाडी लोकमार्ग यात्रामा माओवादीले हरेक जिल्लामा कम्तीमा एउटा ठूलो सभा आयोजना गर्नेछ ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने यात्रा जेठ ३ गते अछामको मंगलसेन पुग्नेछ ।
जेठ ४ गते दैलेख, जेठ ५ गते जाजरकोट, जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी र मुसिकोटमा कार्यक्रम हुनेछ ।
जेठ ७ गते रुकुम पूर्व र रोल्पाको थवाङमा कार्यक्रम हुनेछ । जेठ ८ गते बागलुङ, ९ गते पर्वत र जेठ १० गते पोखरामा सभा हुनेछ । त्यसपछिको कार्यक्रम भने पछि घोषणा गर्ने माओवादीले जनाएको छ ।
यसअघि माओवादी केन्द्रले फागुन र चैतमा मधेशलाई आधार बनाएर हुलाकी राजमार्गमा यात्रा गरेको थियो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






