नेपाली महिला क्रिकेट टिम विश्वकपको ग्लोबल छनोटमा
नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ । सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।
ग्लोबल छनोटको अन्तिम स्थानका लागि सोमबार सुपर थ्रीमा नेपाल र यूएईबीच प्रतिस्पर्धा भएको थियो ।
इन्दु बर्माको कप्तानी पारीसँगै नेपालले यूएईलाई ५ विकेटले हरायो । यो जितसँगै नेपाली महिला टोलीले पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो ।
११५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । तर कप्तान इन्दु वर्माले कप्तानी पारी खेलिन् ।
उनले चौथो विकेटका लागि पूजा महतोसँग २४ रनको महत्वपूर्ण साझेदारी गरिन् ।
पूजा व्यक्तिगत १३ रनमा आउट भइन् । त्यसपछि पाँचौं विकेटका लागि रुविना क्षेत्रीसँग ३७ रनको साझेदारी गरिन् ।
रुविना २३ रनमा आउट भइन्, त्यतिबेला नेपाललाई जितका लागि अझै १६ रन चाहिएको थियो ।
तर इन्दुले रुबी पोदारसँग मिलेर नेपाललाई जित दिलाइन् । इन्दु ३० रनमा अविजित रहिन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






