नेपाली महिला क्रिकेट टिम विश्वकपको ग्लोबल छनोटमा
नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ । सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।
ग्लोबल छनोटको अन्तिम स्थानका लागि सोमबार सुपर थ्रीमा नेपाल र यूएईबीच प्रतिस्पर्धा भएको थियो ।
इन्दु बर्माको कप्तानी पारीसँगै नेपालले यूएईलाई ५ विकेटले हरायो । यो जितसँगै नेपाली महिला टोलीले पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनायो ।
११५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । तर कप्तान इन्दु वर्माले कप्तानी पारी खेलिन् ।
उनले चौथो विकेटका लागि पूजा महतोसँग २४ रनको महत्वपूर्ण साझेदारी गरिन् ।
पूजा व्यक्तिगत १३ रनमा आउट भइन् । त्यसपछि पाँचौं विकेटका लागि रुविना क्षेत्रीसँग ३७ रनको साझेदारी गरिन् ।
रुविना २३ रनमा आउट भइन्, त्यतिबेला नेपाललाई जितका लागि अझै १६ रन चाहिएको थियो ।
तर इन्दुले रुबी पोदारसँग मिलेर नेपाललाई जित दिलाइन् । इन्दु ३० रनमा अविजित रहिन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



