सावित्राको नाममा लमजुङमा साम्बाचोक
फुटबलर सावित्रा भण्डारीको नाममा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदी बजारमा साम्बाचोक नामकरण गरिएको छ ।
सावित्राको घर मर्स्याङ्दी गाउँपालिका-९ मा पर्छ । उनकै वडाको प्रमुख व्यापारिक केन्द्र खुदी बजारमा सावित्रा भण्डारीको सम्मानका लागि साम्बा चोक नामकरण गरिएको हो ।
साम्बा चोकमा सावित्रा भण्डारीको स्तम्भ पनि निर्माण गरिएको छ । स्तम्भको जेठ ५ गते गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे । स्तम्भसँगै सावित्राको कटआउट पनि राखिएको छ ।
अध्यक्ष गुरुङका अनुसार आफ्नै गाउँपालिकाकी बासिन्दा सावित्राले फुटबलमार्फत देशलाई चिनाइरहेकाले उनको सम्मान कसरी गर्ने भनेर गाउँपालिकाको बैठकमा छलफल भएको थियो ।
त्यसपछि गाउँपालिका बैठकले खुदीबजारको चोकलाई साम्बाचोक नामकरण गर्ने र स्तम्भ बनाउने निर्णय गरेको थियो ।
साम्बाचोक काठमाडौंबाट लमजुङको वेशीशहर हुँदै मनाङ जाने बाटोमा पर्छ । त्यहाँ बस बिसौनी पनि छ । यो ठाउँ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेबजारबाट करिब ५० किलोमिटर उत्तरतर्फ पर्छ ।
सावित्राले नेपालका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गरेकी छन् । सावित्राले २०८१ कात्तिकमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल फर्काएकी थिइन् । त्यो खेलमा नेपाल ट्राइब्रेकरमा बिजयी हुँदै फाइनल पुगेको थियो ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






