सावित्राको नाममा लमजुङमा साम्बाचोक
फुटबलर सावित्रा भण्डारीको नाममा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदी बजारमा साम्बाचोक नामकरण गरिएको छ ।
सावित्राको घर मर्स्याङ्दी गाउँपालिका-९ मा पर्छ । उनकै वडाको प्रमुख व्यापारिक केन्द्र खुदी बजारमा सावित्रा भण्डारीको सम्मानका लागि साम्बा चोक नामकरण गरिएको हो ।
साम्बा चोकमा सावित्रा भण्डारीको स्तम्भ पनि निर्माण गरिएको छ । स्तम्भको जेठ ५ गते गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे । स्तम्भसँगै सावित्राको कटआउट पनि राखिएको छ ।
अध्यक्ष गुरुङका अनुसार आफ्नै गाउँपालिकाकी बासिन्दा सावित्राले फुटबलमार्फत देशलाई चिनाइरहेकाले उनको सम्मान कसरी गर्ने भनेर गाउँपालिकाको बैठकमा छलफल भएको थियो ।
त्यसपछि गाउँपालिका बैठकले खुदीबजारको चोकलाई साम्बाचोक नामकरण गर्ने र स्तम्भ बनाउने निर्णय गरेको थियो ।
साम्बाचोक काठमाडौंबाट लमजुङको वेशीशहर हुँदै मनाङ जाने बाटोमा पर्छ । त्यहाँ बस बिसौनी पनि छ । यो ठाउँ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेबजारबाट करिब ५० किलोमिटर उत्तरतर्फ पर्छ ।
सावित्राले नेपालका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गरेकी छन् । सावित्राले २०८१ कात्तिकमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल फर्काएकी थिइन् । त्यो खेलमा नेपाल ट्राइब्रेकरमा बिजयी हुँदै फाइनल पुगेको थियो ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








