निसानको ओरालो यात्रा : २० हजार कर्मचारी कटौती र ७ फ्याक्ट्री बन्द गर्दै
एउटा समय थियो, एक्सन मूभिदेखि पत्रपत्रिका र खेलौना सबैतिर निशान देखिन्थ्यो । तर आज त्यही आइकोनिक अटोमेकर निशान जीवन मरणको संघारमा छ ।
अब लामो समय यो कम्पनी नरहन पनि सक्छ । किनकी कारको बिक्री घट्दा कम्पनी घाटामा छ, सञ्चालन खर्च उठाउन पनि कठिन भएको छ । गत नोभेम्बरमा सार्वजनिक एक रिपोर्टले निसान १२ देखि १४ महिनामात्र चल्न सक्ने देखाएको छ ।
सन् १९३३ मा स्थापना भएको निसान जापानको मल्टिनेसनल गाडी उत्पादक कम्पनी हो । यसको हेडक्वार्टर जापानको योकोहामा कानागावामा छ । यो कम्पनीले कार, ट्रक र बस निसान र इन्फिनिटी ब्राण्डमा बिक्री गर्दै आएको छ ।
निसान जापानको तेस्रो ठूलो गाडी उत्पादन गर्ने कारखाना हो । यसको ठूलो बजार अमेरिका, क्यानडा, चीन जस्ता ठूला देश हुन् ।
सन् २०२३ मा निसानले कुल ३४ लाख ४० हजार गाडी बिक्री गरेको थियो । जसमध्ये अमेरिकामा मात्र ८ लाख ९८ हजार गाडी बिक्री गरेको थियो ।
चीनमा ७ लाख ९३ हजार युनिट र युरोपमा २ लाख ९३ हजार युनिट गाडी बिक्री गरेको थियो ।
सन् २०२४ को सुरुमा पनि निसानको बिक्री राम्रो थियो । तर मध्यतिरदेखि भने अवस्था बिग्रँदै गयो ।
वर्षभरिमा कुल ३३ लाख ४८ हजार ६८७ गाडी त बेच्यो, तर ३ अर्ब ४० करोड अमेरिकी डलरको नोक्सानी व्यहोरेको छ ।
सन् २०२४ को पहिलो ६ महिनामा निसानको सञ्चालन मुनाफा ९० प्रतिशतले घट्यो भने आम्दानी ९४ प्रतिशतले घट्यो ।
अवस्था यतिसम्म बिग्रँदै गयो कि, सन् २०२४ को नोभेम्बरमा प्रकाशित रिपोर्टले निसान १२ वा १४ महिना भन्दाबढी चल्न नसक्ने देखायो ।
सन् २०२५ मा त गाडीको विक्री सन् २०१७ को तुलनामा ४२ प्रतिशतले घटिसकेको छ । चीनमा आफ्नो बिक्री १८ प्रतिशतले घट्न सक्ने अनुमान गरेको छ अनि उत्तर अमेरिका र जापानमा भने स्थिर बस्न सक्ने अनुमान गरेको छ ।
निसानको बिक्री घट्नुको केही कारणहरु छन् । थप जानकारी भिडियोमा

अष्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन पनि नपाउने

आप्रवासी र पर्यटकप्रति अनुदार पार्टी, जसले जापानको चुनावमा तहल्का मच्चायो

चीनले बनाउन थाल्यो संसारकै ठूलो बाँध, आत्तियो भारत

किन देश छाड्दैछन् भारतका करोडपति ?

श्रम कानुनको विरोध गर्दै मजदुर संगठनले गरे भारत बन्द
