शिक्षा विधेयकमा शिक्षक महासंघको ११ बुँदे असहमति
विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले बनाएको प्रतिवेदनमा शिक्षक महासंघले आपत्ति जनाएको छ ।
आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमनतर्फ उन्मुख भएको महासंघको आरोप छ ।
उपसमितिले प्रतिवेदन बुझाएपछि त्यसबारे छलफल गर्न सोमबार महासंघको बैठक बसेको थियो ।
बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जेठ ६ गते एक विज्ञप्ति निकालेर उपसमितिले बनाएको प्रतिवेदनमाथि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
महासंघले प्रतिवेदन हुबहु पास भएमा शिक्षण पेशाप्रति झन् वितृष्णा र विकर्षण बढाउने दाबी गरेको छ ।
अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारीविरोधी प्रबन्धहरु हटाउन र विगतका सहमति कार्यान्वयन गर्न माग गरेको छ । नभए गत चैत–वैशाखमा भएको भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
उपसमितिको प्रतिवेदनमा शिक्षक महासंघको धारणा के छ त ? थप विवरण भिडियोमा :

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
