शिक्षा विधेयकमा शिक्षक महासंघको ११ बुँदे असहमति
विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले बनाएको प्रतिवेदनमा शिक्षक महासंघले आपत्ति जनाएको छ ।
आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमनतर्फ उन्मुख भएको महासंघको आरोप छ ।
उपसमितिले प्रतिवेदन बुझाएपछि त्यसबारे छलफल गर्न सोमबार महासंघको बैठक बसेको थियो ।
बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जेठ ६ गते एक विज्ञप्ति निकालेर उपसमितिले बनाएको प्रतिवेदनमाथि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
महासंघले प्रतिवेदन हुबहु पास भएमा शिक्षण पेशाप्रति झन् वितृष्णा र विकर्षण बढाउने दाबी गरेको छ ।
अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारीविरोधी प्रबन्धहरु हटाउन र विगतका सहमति कार्यान्वयन गर्न माग गरेको छ । नभए गत चैत–वैशाखमा भएको भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
उपसमितिको प्रतिवेदनमा शिक्षक महासंघको धारणा के छ त ? थप विवरण भिडियोमा :
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



