विश्वनाथ पौडेल बने राष्ट्र बैंकको गभर्नर
विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । दुई महिनासम्म चलेको गभर्नर रेस जित्दै पौडेल १८ औं गभर्नर नियुक्त भए ।
जेठ ६ गते अर्थात् आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
मन्त्रिपरिषद बैठक बस्नुअघि आजै गभर्नर सिफारिस समितिको बैठक बसेको थियो । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिको बैठकले विश्व पौडेललाई पहिलो नम्बरमा गभर्नरका लागि सिफारिस गरेको थियो ।
दोस्रो नम्बरमा हालकी डेपुटी गभर्नर निलम ढुंगाना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुँदा पौडेल सिफारिस समितिको सदस्य थिए । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सर्च कमिटीमा उनी अर्थविद्का रुपमा सदस्य बनेका थिए ।
तर, त्यो समिति बनेको ४८ दिनपछि उनले राजीनामा दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउबाबीच पौडेललाई नै गभर्नर बनाउने सहमतिपछि उनको राजीनामा आएको थियो । पौडेलको ठाउँमा पोषराज पाण्डे सिफारिस समिति सदस्य बनेका थिए ।
तर, सिफारिस समितिको बैठक नै नबस्ने अवस्था आएपछि देउबा प्रधानमन्त्रीसँग रुष्ट बनेका थिए । सत्तारुढ एमालेले गभर्नर नियुक्ति अल्झाइरहेका कारण गठबन्धन सरकार नै संकटमा पर्ने अवस्था आएपछि प्रधानमन्त्रीले आजै गभर्नर नियुक्तिको चाँजोपाँजो मिलाएका थिए ।
गभर्नर बनेका पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । उनी २०७९ मा कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा चुनाव लडेका थिए ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




