भिजिट भिसामा मलाई नियोजित रुपमा जोडियो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई नियोजित र षड्यन्त्रमूलक ढंगले जोडिएको बताएका छन् ।
शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री लेखकले भिजिट भिसा प्रकरण मात्र नभई आफ्नो सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको कुनै प्रमाण भेटेमा राजनीति छाडिदिने बताएका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा मार्फत मानव तस्करीमा सहयोग गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । जेठ ७ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित कर्मचारीहरु पक्राउ गरेको छ ।
यो प्रकरणमा गृहमन्त्री र उनको सचिवालयका कर्मचारी पनि संलग्न रहेको भन्दै प्रश्न उठेको छ । तर गृहमन्त्री लेखकले आफूलाई नियोजित र षड्यन्त्रमूलक ढंगले जोडिएको भन्दै आरोप अस्वीकार गरेका छन् । उनले यो विषयमा जेठ १३ गते प्रतिनिधिसभामा जवाफ दिने पनि बताएका छन् ।
गृह मन्त्रालय मातहतका कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैमा आफूले राजीनामा दिन नपर्ने मन्त्री लेखकले बताएका छन् ।

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द

मैले क्रिकेटबाट के सिकेँ भने ...

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
