भिजिट भिसामा मलाई नियोजित रुपमा जोडियो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई नियोजित र षड्यन्त्रमूलक ढंगले जोडिएको बताएका छन् ।
शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री लेखकले भिजिट भिसा प्रकरण मात्र नभई आफ्नो सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको कुनै प्रमाण भेटेमा राजनीति छाडिदिने बताएका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा मार्फत मानव तस्करीमा सहयोग गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । जेठ ७ गते त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित कर्मचारीहरु पक्राउ गरेको छ ।
यो प्रकरणमा गृहमन्त्री र उनको सचिवालयका कर्मचारी पनि संलग्न रहेको भन्दै प्रश्न उठेको छ । तर गृहमन्त्री लेखकले आफूलाई नियोजित र षड्यन्त्रमूलक ढंगले जोडिएको भन्दै आरोप अस्वीकार गरेका छन् । उनले यो विषयमा जेठ १३ गते प्रतिनिधिसभामा जवाफ दिने पनि बताएका छन् ।
गृह मन्त्रालय मातहतका कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैमा आफूले राजीनामा दिन नपर्ने मन्त्री लेखकले बताएका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








