जेठ १५ गते काठमाडौंको सडक नियन्त्रणमा लिन कार्यकर्तालाई ओलीको निर्देशन
जेठ १५ गते राजधानीमा नेकपा एमाले र राजावादी आमने सामने हुने भएका छन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले १५ गतेदेखि निरन्तर प्रदर्शन गर्ने घोषणा गरेका छन् । यो आन्दोलनमा राप्रपा, राप्रपा नेपाल लगायतका दलका साथै हिन्दुवादी समूहहरु एक ठाउँमा छन् ।
सरकारको नेतृत्वकर्ता दल एमालेले पनि त्यही दिन काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
आज एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षणमा प्रधानमन्त्री समेत रहेका एमाले केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका हुन् ।
प्रशिक्षण सक्नासाथ आन्दोलनको तयारीमा जुट्न निर्देशन दिँदै उनले भने, ‘११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ ।’
सरकार र जनता मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्ती देखाएको ओलीले बताए । राजावादीहरुलाई अक्षता मन्छाउनेहरुको संज्ञा दिँदै प्रधानमन्त्रीले भने, ‘ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रियो भने कता कता दुलामा पस्छन् ।’
यसअघि राजावादीहरुले चैत १५ मा तीनकुनेमा प्रदर्शन राख्दा माओवादी केन्द्र समेतका दलहरुको समाजवादी मोर्चाले पनि शक्ति प्रदर्शन गरेको थियो ।
त्यो बेला तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन अराजक र हिंसात्मक भएको थियो । निजी घरमा तोडफोड गर्नुका साथै आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले कफ्र्यू समेत लगाउनु परेको थियो ।
सुरक्षाकर्मीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने आगलागी भएको घरमा परेर पत्रकारको ज्यान गएको थियो ।

नागढुंगा ओरालोमा माइक्रोबस दुर्घटना, २० जना घाइते

प्रधानमन्त्रीको दाबी : एसईईमा यस वर्ष ६० प्रतिशत विद्यार्थी पास हुन्छन्

अहमदावाद प्लेन दुर्घटनाको प्रतीक बनेको एउटा अन्तिम सेल्फी

युद्ध चर्किएपछि नेपालीलाई इजरायल जान रोकिंदै

दुर्गा प्रसाईंसहित ७ जना पुर्क्षपका लागि थुनामा, ३२ जना धरौटीमा छुटे
