रास्वपाले भन्यो : सर्वोच्चको आदेशमा त्रुटि छ, सार्वजनिक बहस चलाउछौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सिको संसद बैठक सामान्य नहुने बताएको छ ।
सभापति रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्च अदालतले सदर गरेपछि रास्वपाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार सर्वोच्च अदालतको आदेशलाई रास्वपाले कानुनी रुपमा मान्छ । तर प्रक्रियागत रुपमा त्रुटि भएकाले सार्वजनिक रुपमा बहस गर्ने बताए ।
सर्वोच्चले आदेशको कपीमा आदेश लेख्नुपर्नेमा फैसला लेखेको पाएपछि आफैं सच्याएको थियो ।
रास्वपाले भने आदेशमा अरु त्रुटि पनि भेटिएको दाबी गरेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता झाले भने, ‘एउटा शब्द त्रुटि भयो भनेर सर्वोच्चले सच्यायो । यसबाहेक बन्दी प्रत्यक्षीकरणको मुद्दाबारे कतै उल्लेख भएको छैन । ७३ नम्बरको बुँदामा हुनुपर्ने कुरा नभई मुद्दाभित्रको कन्टेन्टमा मात्र जवाफ लेखिएको छ ।’
बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर संसदमा कसरी प्रस्तुत हुने भनेर छलफल भएको छ ।
रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिसकेको छ । तर मन्त्री लेखकले अनावश्यक भ्रम फैलाइएको भन्दै आफ्नो संलग्नता देखिए राजनीति नै छाड्ने बताएका छन् ।
रास्वपा कार्यबाहक प्रवक्ता झाले भने प्रमाणित भए राजनीति छोड्ने होइन, जेलमा जानुपर्ने बताए । उनले भने, यो गठबन्धन बन्दा कतै एकअर्कालाई बचाउन र खुलेको फाइल बन्द गर्न त होइन भन्ने आशंका गरेको थियो । अब भन्न सकिने अवस्थामा छौं ।’
प्रतिनिधिसभाको बैठक जेठ १३ गते बोलाइएको छ । १३ गतेको बैठकमा के हुन्छ भन्ने प्रश्नमा उनले सबै रणनीति मिडियामा नभन्ने बताए । उनले अगाडि भने, ‘यति भन्छु, पर्सिको संसद सामान्य हुने छैन ।’
उनका अनुसार सुशासनको मुद्दामा आन्दोलन गर्नुपर्ने हो कि भन्ने मत बैठकमा आएको छ । साथै यदि राजवादीहरुले सुशासनको मुद्दामा सहकार्य गर्न खोजे हुनसक्ने बताए ।
नवराज सुवेदी नेतृत्वको संघर्ष समितिले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै १५ जेठदेखि गर्न लागेको आन्दोलनमा रास्वपाको पनि समर्थन खोजेको थियो ।
जवाफमा रास्वपाले भनेको छ, ‘सुशासनको मुद्दामा आउनुस्, भ्रष्टहरुलाई लखेट्न, जेलमा थुन्न यो मुद्दामा सहकार्य गर्न तयार छौं ।’
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






