3 Minute
रास्वपाले बजेट ल्याउँदा संसद अवरोध नगर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले बजेट प्रस्तुत हुने दिन संसद अवरोध नगर्ने बताएका छन् ।
मंगलबार र बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेका छन् ।
भिजिट भिसामा विदेश जानेहरुसँग रकम असुलेको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको छ ।
गृहमन्त्रालय मातहतको निकायमाथि अनुसन्धान हुने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरु माओवादी केन्द्र र रास्वपाको भनाइ छ ।
आफूहरुको संसद अवरोधका कारण बजेट नै रोकिन्छ कि भन्ने चिन्ता नलिन रास्वपा सांसद मनिष झाले आग्रह गरेका छन् । उनले संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग भने, ‘हामी बजेट रोक्दैनौं, त्यति राजनीतिक सुझबुझ देआउँछौं ।’
प्रकाशित मिति:
बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






