अमेरिकामा विद्यार्थी भिसा बन्द, सोसल मिडिया निगरानी गरिने
अमेरिकाले आफ्ना दूतावासहरुलाई विद्यार्थी भिसा जारी गर्न रोक लगाएको छ ।
अमेरिकाको यो निर्णयले धेरै नेपालीहरु पनि प्रभावित हुनेछन् । अमेरिकाका विभिन्न विश्वविद्यालयमा नेपालीहरु पनि पढ्न जाने गरेका छन् ।
विदेश पढ्न जाने विद्यार्थीले पहिले नेपालकै शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिनुपर्छ । सन् २०२३ मा अमेरिका पढ्न जान ६ हजार ८३१ जनाले एनओसी लिएका थिए ।
त्यस्तै सन् २०२२ मा ५ हजार ६७ र सन् २०२१ मा ४ हजार २६५ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
एनओसी लिएपछि पनि काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ता पास गर्नुपर्छ । त्यसैले एनओसी लिएका सबै जना पढ्नका लागि अमेरिका जान पाउँदैनन् ।
अमेरिकाले आफ्नो देशमा आउन चाहने विदेशीको सोसल मिडियाको विस्तृत निगरानी गर्न लागेको छ ।
त्यसकै तयारीका लागि भन्दै विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावासहरुलाई तत्कालका लागि अन्तर्वार्ता रोक्न निर्देशन दिएको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले मंगलबार आफू मातहतका कुटनीतिक नियोगहरुलाई एउटा मेमो पठाएका छन् । जसमा भनिएको छ, अर्को निर्देशन नआएसम्म विद्यार्थी भिसाका लागि अन्तर्वार्ताहरु नलिनू ।
यसको मतलब अहिले अन्तर्वार्ता पास भइसकेकाहरु भने अमेरिका जान पाउनेछन् ।
अमेरिकी विदेश मन्त्रालयले पठाएको मेमोमा विद्यार्थी र फरेन एक्सचेन्ज भिसाका लागि सोसल मिडियाको विशेष निगरानी गर्न लागिएको उल्लेख छ । थप विवरण भिडियोमा :

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)