अमेरिकामा विद्यार्थी भिसा बन्द, सोसल मिडिया निगरानी गरिने
अमेरिकाले आफ्ना दूतावासहरुलाई विद्यार्थी भिसा जारी गर्न रोक लगाएको छ ।
अमेरिकाको यो निर्णयले धेरै नेपालीहरु पनि प्रभावित हुनेछन् । अमेरिकाका विभिन्न विश्वविद्यालयमा नेपालीहरु पनि पढ्न जाने गरेका छन् ।
विदेश पढ्न जाने विद्यार्थीले पहिले नेपालकै शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिनुपर्छ । सन् २०२३ मा अमेरिका पढ्न जान ६ हजार ८३१ जनाले एनओसी लिएका थिए ।
त्यस्तै सन् २०२२ मा ५ हजार ६७ र सन् २०२१ मा ४ हजार २६५ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
एनओसी लिएपछि पनि काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ता पास गर्नुपर्छ । त्यसैले एनओसी लिएका सबै जना पढ्नका लागि अमेरिका जान पाउँदैनन् ।
अमेरिकाले आफ्नो देशमा आउन चाहने विदेशीको सोसल मिडियाको विस्तृत निगरानी गर्न लागेको छ ।
त्यसकै तयारीका लागि भन्दै विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावासहरुलाई तत्कालका लागि अन्तर्वार्ता रोक्न निर्देशन दिएको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले मंगलबार आफू मातहतका कुटनीतिक नियोगहरुलाई एउटा मेमो पठाएका छन् । जसमा भनिएको छ, अर्को निर्देशन नआएसम्म विद्यार्थी भिसाका लागि अन्तर्वार्ताहरु नलिनू ।
यसको मतलब अहिले अन्तर्वार्ता पास भइसकेकाहरु भने अमेरिका जान पाउनेछन् ।
अमेरिकी विदेश मन्त्रालयले पठाएको मेमोमा विद्यार्थी र फरेन एक्सचेन्ज भिसाका लागि सोसल मिडियाको विशेष निगरानी गर्न लागिएको उल्लेख छ । थप विवरण भिडियोमा :
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

