बजेटका लागि विपक्षी दलले हटाए संसदको अवरोध
विपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट पेश गर्नेबाहेक संसदको अरु कामकारबाही अगाडि बढ्न नदिने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जेठ १५ गते आर्थिक सर्वेक्षण पेश गर्न र बजेट पेश गर्न मात्र संसद चल्न दिने बताए ।
‘आर्थिक सर्वेक्षण पेश गर्ने र संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने विषय र त्यसलाई टेबुल गर्नका लागि मात्र हामीले सदन अगाडि बढाउन दिएका छौं, त्यस भन्दा अरु कुनै पनि विषय अगाडि नबढाउने भनेका छौं, हाम्रो आन्दोलन जारी छ’, उनले भने ।
विपक्षी दलहरुको माग अनुसार संसदमा शून्य र विशेष समय समेत हटाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
बिहीबार नै दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्नेछन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






