बजेटका लागि विपक्षी दलले हटाए संसदको अवरोध
विपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट पेश गर्नेबाहेक संसदको अरु कामकारबाही अगाडि बढ्न नदिने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जेठ १५ गते आर्थिक सर्वेक्षण पेश गर्न र बजेट पेश गर्न मात्र संसद चल्न दिने बताए ।
‘आर्थिक सर्वेक्षण पेश गर्ने र संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने विषय र त्यसलाई टेबुल गर्नका लागि मात्र हामीले सदन अगाडि बढाउन दिएका छौं, त्यस भन्दा अरु कुनै पनि विषय अगाडि नबढाउने भनेका छौं, हाम्रो आन्दोलन जारी छ’, उनले भने ।
विपक्षी दलहरुको माग अनुसार संसदमा शून्य र विशेष समय समेत हटाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
बिहीबार नै दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्नेछन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






