कर्मचारीको तलब बढेन, महंगी भत्ता ५ हजार पुर्याउने घोषणा
१५ जेठ, काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको तलब बढाएन । तर महंगी भत्ता बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आगामी साउनदेखि महंगी भत्ता बढाएर मासिक ५ हजार पुर्याएको घोषणा गरे । हाल सरकारी कर्मचारीले महंगी भत्ताबापत मासिक दुई हजार रुपैयाँ पाउँदै आएका छन् ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भए पनि स्रोत अभावका कारण अपेक्षा अनुसार तलब बढाउन नसकेको अर्थमन्त्री पौडेलले बताए ।
बरु सरकारले कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि सुलभ आवास कार्यक्रम घोषणा गरेको छ ।
कर्मचारी सञ्चय कोषलगायत अवकाश कोषको अग्रसरता र निजी क्षेत्रको सहभागिटताामा सुलभ आवास कार्यक्रम ल्याइने अर्थमन्त्री पौडेलले बताए ।
जसअन्तर्गत सातै प्रदेशका प्रमुख शहरी केन्न्द्रमा एक लाख भवन तथा अपार्टमेन्ट निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याज र किस्ताबन्दीमा उपलब्ध गराइने बजेटमा घोषणा गरिएको छ ।
निजामती कर्मचारी र शिक्षकहरुको सहुलियतपूर्ण उपचार गर्ने निजामती कर्मचारी अस्पतालको स्तरोन्नती गर्ने पनि घोषणा गरिएको छ ।
कर्मचारी सञ्चय कोषले हाल सञ्चयकर्ताको पति तथा पत्नीलाई दिँदै आएको उपचार सहुलियत परिवारका अन्य सदस्यमा पनि विस्तार गर्ने घोषणा गरिएको छ ।
स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने पनि अर्थमन्त्रीले बताएका छन् ।
त्यसका लागि रोजगारदाता र योगदान कर्ताबाट १० प्रतिशत योगदानसहितको छुट्टै प्याकेज बनाइ कार्यान्वयन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






