Podcasts
Podcast
'गुणस्तरमा नेपाल विश्वविद्यालय मानक बन्नेछ'
यो पडकास्टमा हामीले नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यसँग कुराकानी गरेका छौं ।
नेपाल विश्वविद्यालय छिट्टै सञ्चालन हुन लागेको नेपालको अर्को नयाँ विश्वविद्यालय हो । यो विश्वविद्यालयलाई सबै हिसाबमा नेपालको मानक विश्वविद्यालय बनाउने यसमा संलग्न अधिकारीहरुले बताएका छन् ।
रजिस्ट्रार डा. सूर्यराज आचार्यले यस कुराकानीमा व्यक्त गरेको मुख्य विषयहरु बुँदामा हेर्नुहोस् :
- अहिले नेपालको स्कुल र विश्वविद्यालयमा भइरहेको पढाइ अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेनछ ।
- राम्रो ज्ञान प्राप्तिका लागि राम्रो विश्वविद्यालय, राम्रा कक्षाकोठा, गुणस्तरीय पाठ्यक्रम र प्राध्यापकहरु चाहिन्छन् ।
- हाम्रा मेधावी युवाहरुको जुन प्रतिभा र सम्मान हो, राज्यको प्रणालीले त्यसलाई प्रष्फुटन हुन दिएको रहेनछ ।
- विश्वविद्यालयको शिक्षाले व्यक्तिलाई सक्षम बनाउनुपर्यो, खदिलो ज्ञान दिनुपर्यो । उसले सिकेको कुरा भविष्यमा कुनै पेशा व्यवसाय गर्दा देखिनुपर्यो, आत्मविश्वासका साथ जब मार्केटमा जोडिन सक्नुपर्यो ।
- नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न अहिले भइरहेका विश्वविद्यालयलाई सुधार्नुपर्छ, तर अहिलेका विश्वविद्यालयलाई सुधार्ने प्रक्रिया लामो पनि हुन सक्छ, कठिन पनि हुन सक्छ । त्यसकारण एउटा मानक बन्ने विश्वविद्यालय बनाउन नेपाल विश्वविद्यालय स्थापना गरेका हौं ।
- नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम २०८३ भदौमा सञ्चालन गर्ने तयारी छ ।
- नेपाल विश्वविद्यालयका सबै विद्यार्थी र प्राध्यापकहरु आवासीय हुनेछन् ।
- विश्वविद्यालयले अरु क्याम्पसलाई सम्बन्धन दिँदैन, देशभरमा जम्मा ४–५ वटा क्याम्पस रहनेछ । एउटा क्याम्पस काठमाडौंमा पनि रहनेछ ।
थप कुरा भिडियोमा :
प्रकाशित मिति:
शनिबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
शासकीय शैली नै जेनजी आन्दोलनको मुख्य कारण
बुधबार, चैत ४, २०८२
जनताले नयाँ भनेर ल्याएका छन्, मेरो शुभकामना
शुक्रबार, फागुन २२, २०८२
झापा ५ को स्थिति क्रमशः फेरियो, नतिजा ओलीकै पक्षमा आउँछ
आइतबार, फागुन १०, २०८२
प्रधानमन्त्रीका लागि को सक्षम, बालेन कि गगन ?
शुक्रबार, फागुन १, २०८२
रास्वपाले बहुमत ल्याउँछ, मुख्य प्रतिस्पर्धी एमाले
मंगलबार, माघ १३, २०८२
बालेन र ओलीभन्दा अगाडि छन् गगन थापा
सोमबार, माघ १२, २०८२
ट्रेन्डिङ

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

