Podcasts
Podcast
'गुणस्तरमा नेपाल विश्वविद्यालय मानक बन्नेछ'
यो पडकास्टमा हामीले नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यसँग कुराकानी गरेका छौं ।
नेपाल विश्वविद्यालय छिट्टै सञ्चालन हुन लागेको नेपालको अर्को नयाँ विश्वविद्यालय हो । यो विश्वविद्यालयलाई सबै हिसाबमा नेपालको मानक विश्वविद्यालय बनाउने यसमा संलग्न अधिकारीहरुले बताएका छन् ।
रजिस्ट्रार डा. सूर्यराज आचार्यले यस कुराकानीमा व्यक्त गरेको मुख्य विषयहरु बुँदामा हेर्नुहोस् :
- अहिले नेपालको स्कुल र विश्वविद्यालयमा भइरहेको पढाइ अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेनछ ।
- राम्रो ज्ञान प्राप्तिका लागि राम्रो विश्वविद्यालय, राम्रा कक्षाकोठा, गुणस्तरीय पाठ्यक्रम र प्राध्यापकहरु चाहिन्छन् ।
- हाम्रा मेधावी युवाहरुको जुन प्रतिभा र सम्मान हो, राज्यको प्रणालीले त्यसलाई प्रष्फुटन हुन दिएको रहेनछ ।
- विश्वविद्यालयको शिक्षाले व्यक्तिलाई सक्षम बनाउनुपर्यो, खदिलो ज्ञान दिनुपर्यो । उसले सिकेको कुरा भविष्यमा कुनै पेशा व्यवसाय गर्दा देखिनुपर्यो, आत्मविश्वासका साथ जब मार्केटमा जोडिन सक्नुपर्यो ।
- नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न अहिले भइरहेका विश्वविद्यालयलाई सुधार्नुपर्छ, तर अहिलेका विश्वविद्यालयलाई सुधार्ने प्रक्रिया लामो पनि हुन सक्छ, कठिन पनि हुन सक्छ । त्यसकारण एउटा मानक बन्ने विश्वविद्यालय बनाउन नेपाल विश्वविद्यालय स्थापना गरेका हौं ।
- नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम २०८३ भदौमा सञ्चालन गर्ने तयारी छ ।
- नेपाल विश्वविद्यालयका सबै विद्यार्थी र प्राध्यापकहरु आवासीय हुनेछन् ।
- विश्वविद्यालयले अरु क्याम्पसलाई सम्बन्धन दिँदैन, देशभरमा जम्मा ४–५ वटा क्याम्पस रहनेछ । एउटा क्याम्पस काठमाडौंमा पनि रहनेछ ।
थप कुरा भिडियोमा :
प्रकाशित मिति:
शनिबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
दलभित्रै लोकतन्त्र छैन, त्यसैले अध्यक्षमा दुई कार्यकाल
बुधबार, पुस २, २०८२
'सिक्ने भनेकै फेल भएर हो, स्कुलमा फेल हुनै दिँदैन'
बुधबार, मंसिर १७, २०८२
रास्वपाले कसरी छान्दैछ १६४ उम्मेदवार ?
शनिबार, मंसिर १३, २०८२
चिनियाँ रेल आए भारत हेरेर बस्दैन
सोमबार, मंसिर ८, २०८२
'वैशाख–जेठमा चुनाव, प्रतिशोधले बंगलादेश बन्छौं'
बिहीबार, मंसिर ४, २०८२
'दोस्रो पटक सरकारमा नगएको भए राम्रो हुन्थ्यो'
शनिबार, कात्तिक २९, २०८२
ट्रेन्डिङ








