रिहा भए कमल थापा, एक जना अझै हिरासतमै
आइतबार दिउँसो राजसंस्था पक्षधरको आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई साँझ रिहा गरेको हो ।
उनीसँगै पक्राउ परेका अन्य ६ जना र उनलाई भेट्न जाँदा पक्राउ परेका राप्रपा नेता दीपक सिंह पनि रिहा भएका छन् । तर कमल थापासँगै पक्राउ परेका रौतहटका डा. राजीव झा भने रिहा भएका छैनन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार उनले जाँडरक्सी खाएर प्रहरीलाई अपशब्द प्रयोग गरेकाले थप अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
आइतबार दिउँसो नक्सालको नारायणचौरबाट बालुवाटारतर्फ प्रदर्शनसहित अघि बढ्ने क्रममा कमल थापा पक्राउ परेका थिए । नारायणचौरमा मात्र प्रदर्शन गर्नुपर्ने भन्दै प्रहरीले उनीहरु बालुवाटारतर्फ अघि बढेकाले पक्राउ गरेको बताएको थियो ।
रिहा भएका नेताहरुलाई राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रिहा भएका थापासहितका नेताहरुसँग भेट गरेका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



