रिहा भए कमल थापा, एक जना अझै हिरासतमै
आइतबार दिउँसो राजसंस्था पक्षधरको आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई साँझ रिहा गरेको हो ।
उनीसँगै पक्राउ परेका अन्य ६ जना र उनलाई भेट्न जाँदा पक्राउ परेका राप्रपा नेता दीपक सिंह पनि रिहा भएका छन् । तर कमल थापासँगै पक्राउ परेका रौतहटका डा. राजीव झा भने रिहा भएका छैनन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार उनले जाँडरक्सी खाएर प्रहरीलाई अपशब्द प्रयोग गरेकाले थप अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
आइतबार दिउँसो नक्सालको नारायणचौरबाट बालुवाटारतर्फ प्रदर्शनसहित अघि बढ्ने क्रममा कमल थापा पक्राउ परेका थिए । नारायणचौरमा मात्र प्रदर्शन गर्नुपर्ने भन्दै प्रहरीले उनीहरु बालुवाटारतर्फ अघि बढेकाले पक्राउ गरेको बताएको थियो ।
रिहा भएका नेताहरुलाई राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रिहा भएका थापासहितका नेताहरुसँग भेट गरेका छन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






