Podcasts
भिजिट भिसा प्रकरण
'मेरो नेताको खल्तीमा दुईचार पैसा गएको थियो भने उहाँलाई पनि थुन्नुस्'
भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । उनीहरुको माग छ, गृहमन्त्री रमेश लेखकको राजीनामा । रास्वपाले त उच्चस्तरीय न्यायिक छानबिनको समेत माग गरेको छ ।
तर सत्तारुढ दलहरु न छानबिन आयोग गठनका लागि तयार देखिएका छन्, न गृहमन्त्रीलाई राजीनामा गराउन । के हो त यसको निकास ? रास्वपा कार्यबाहक प्रवक्ता एवं सांसद मनिष झासँग गरिएको कुुराकानीः
- भिजिट भिसा मुद्दा पनि हो, समस्या पनि हो, प्रकरण काण्ड सबै चिज हो । यसलाई एउटा पार्टीले एउटा गृहमन्त्री लक्षित अभियान चलाएको छ भन्नेमा सिमित नगर्दिनुस् ।
- रमेश लेखकजीको राजनीतिक पृष्ठभूमि छ । विद्यार्थीकालदेखि राजनीति गरेर आएको, कानुनको अध्ययन भएको, पार्टीभित्र पनि पपुलर, सदनमा पनि त्यति राम्रो प्रमुख सचेतवको अभ्यास गरेको हेर्दा नेपाली राजनीतिमा एउटा चाहिने पात्र होला । तर अहिलेको हकमा उहाँमाथि धेरै प्रश्न उठेको छ ।
- कर्मचारीको गल्ती छ । किनकि कर्मचारी नै माध्यम हो । तर राजनीतिक संरक्षण बिना १६ वर्षसम्म उनीहरुले मात्र लुटेर खान सक्दैनथे । त्यहाँ पक्कै राजनीतिक संयन्त्र छ, संरक्षण छ र शक्ति केन्द्रहरुले बाडेर खाइरहेको छ । त्यसको प्रमाण आउँदै छ, धेरै चाँडै आउने छ । हामी सार्वजनिक गर्नेछौं ।
- अख्तियारले कार्तिकदेखि नौ पटक यस्तो हुँदैछ, यसमा तपाईँको ध्यानाकर्षण आवश्यक छ भन्दै गर्दा नजरअन्दाज गरेर बस्नुभयो । यो काण्डसँग संलग्न पात्रहरु सचिवालयमा नजिक राख्नुभयो । तीर्थ भट्टराई भन्ने पात्रलाई जसरी भरण पोषण गर्नुभयो । यो सबै पृष्ठभूमिले तपाईँ (गृहमन्त्री रमेश लेखक) प्रति एकदमै धेरै गम्भीर प्रश्नहरु उठेको छ । गृहमन्त्रीजी त्यहाँ आएर बस्नुभयो र हामी दश जनाले दुई दुइटा मात्र प्रश्न सोध्न पायो भने उहाँलाई नङ्याउन हामीसँग पर्याप्त प्रमाण छ, प्रश्नहरु पनि छ ।
- तपाईँले राख्नु भएको प्रश्नमा हामी सजग छौं कि एकजनाले मन्त्रीले राजीनामा देला, अनि भोलिदेखि अध्यागमनमा फेरि नेपाली लुटिन थाल्ला । त्यसैले गर्दा एउटा व्यक्तिले पद छोड्दैमा हामी मुद्दा छाड्दैनौं ।
- मेरो नेता गृह मन्त्रालयमा हुँदै गर्दा उहाँको सचिवालयको कसैको संलग्नता थियो, तपाईहरुले प्रमाणित गर्न सक्नुहुन्छ, अनुसन्धान गर्दा पत्तालाग्छ भने कारबाही हुनुपर्छ । मेरो नेताको खल्तीमा पनि दुई चार पैसा गएको थियो भने उहाँलाई पनि थुन्नुस् । उहाँ त अलरेडी थुनिसक्नुभयो, अझ भित्र थुन्नुस् ।
- हाम्रो समाजमा धेरै जना हुनुहुन्छ, जसलाई हामी आँखा चिम्लेर विश्वास गर्न सक्छौ। सर्वोच्च अदालतका न्यायाधिश वा पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति बनाउन सकिन्छ । तर सबै दलका संसदीय दलका नेता, पार्टीको नेतृत्व, प्रमुख सचेतक सबै जनाले खुला सभामा आएर हस्ताक्षर गर्नुस् । र, मेरो आफ्नै श्रीमती परे पनि, मेरो आफ्नै भाइ दाई परे पनि हैन हामी बचाउने वाला छैनौं भनेर प्रतिवद्धता गरौं । यो देशको सुशासनको अभ्यासको लागि एउटा आइस ब्रेक होस्, टर्निङ पोइन्ट होस् । हाम्रो पार्टी यसका लागि तयार छ ।
प्रकाशित मिति:
मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
रास्वपाले बहुमत ल्याउँछ, मुख्य प्रतिस्पर्धी एमाले
मंगलबार, माघ १३, २०८२
बालेन र ओलीभन्दा अगाडि छन् गगन थापा
सोमबार, माघ १२, २०८२
१० हजार घरधुरीको उठीबास हुनसक्थ्यो, अब जोगियो
आइतबार, माघ ११, २०८२
बालेनको स्मार्ट मूभ र गगनले दिएको काउन्टर
आइतबार, माघ ११, २०८२
'बाबुराम दाइले कांग्रेसलाई गुन तिर्नु हुन्छ'
आइतबार, माघ ११, २०८२
काठमाडौं १ मा चुनाव लड्छु, ११ हजार भोट ल्याएर जित्छु
आइतबार, माघ ४, २०८२
ट्रेन्डिङ









