नेभिगेशन
Podcasts
भिजिट भिसा प्रकरण

'मेरो नेताको खल्तीमा दुईचार पैसा गएको थियो भने उहाँलाई पनि थुन्नुस्'

भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । उनीहरुको माग छ, गृहमन्त्री रमेश लेखकको राजीनामा । रास्वपाले त उच्चस्तरीय न्यायिक छानबिनको समेत माग गरेको छ । 

तर सत्तारुढ दलहरु न छानबिन आयोग गठनका लागि तयार देखिएका छन्, न गृहमन्त्रीलाई राजीनामा गराउन । के हो त यसको निकास ? रास्वपा कार्यबाहक प्रवक्ता एवं सांसद मनिष झासँग गरिएको कुुराकानीः 

  • भिजिट भिसा मुद्दा पनि हो, समस्या पनि हो, प्रकरण काण्ड सबै चिज हो । यसलाई एउटा पार्टीले एउटा गृहमन्त्री लक्षित अभियान चलाएको छ भन्नेमा सिमित नगर्दिनुस् । 
  • रमेश लेखकजीको राजनीतिक पृष्ठभूमि छ । विद्यार्थीकालदेखि राजनीति गरेर आएको, कानुनको अध्ययन भएको, पार्टीभित्र पनि पपुलर, सदनमा पनि त्यति राम्रो प्रमुख सचेतवको अभ्यास गरेको हेर्दा नेपाली राजनीतिमा एउटा चाहिने पात्र होला । तर अहिलेको हकमा उहाँमाथि धेरै प्रश्न उठेको छ ।
  • कर्मचारीको गल्ती छ । किनकि कर्मचारी नै माध्यम हो । तर राजनीतिक संरक्षण बिना १६ वर्षसम्म उनीहरुले मात्र लुटेर खान सक्दैनथे । त्यहाँ पक्कै राजनीतिक संयन्त्र छ, संरक्षण छ र शक्ति केन्द्रहरुले बाडेर खाइरहेको छ । त्यसको प्रमाण आउँदै छ, धेरै चाँडै आउने छ । हामी सार्वजनिक गर्नेछौं । 
  • अख्तियारले कार्तिकदेखि नौ पटक यस्तो हुँदैछ, यसमा तपाईँको ध्यानाकर्षण आवश्यक छ भन्दै गर्दा नजरअन्दाज गरेर बस्नुभयो । यो काण्डसँग संलग्न पात्रहरु सचिवालयमा नजिक राख्नुभयो । तीर्थ भट्टराई भन्ने पात्रलाई जसरी भरण पोषण गर्नुभयो । यो सबै पृष्ठभूमिले तपाईँ (गृहमन्त्री रमेश लेखक) प्रति एकदमै धेरै गम्भीर प्रश्नहरु उठेको छ । गृहमन्त्रीजी त्यहाँ आएर बस्नुभयो र हामी दश जनाले दुई दुइटा मात्र प्रश्न सोध्न पायो भने उहाँलाई नङ्याउन हामीसँग पर्याप्त प्रमाण छ, प्रश्नहरु पनि छ ।
  • तपाईँले राख्नु भएको प्रश्नमा हामी सजग छौं कि एकजनाले मन्त्रीले राजीनामा देला, अनि भोलिदेखि अध्यागमनमा फेरि नेपाली लुटिन थाल्ला । त्यसैले गर्दा एउटा व्यक्तिले पद छोड्दैमा हामी मुद्दा छाड्दैनौं । 
  • मेरो नेता गृह मन्त्रालयमा हुँदै गर्दा उहाँको सचिवालयको कसैको संलग्नता थियो, तपाईहरुले प्रमाणित गर्न सक्नुहुन्छ, अनुसन्धान गर्दा पत्तालाग्छ भने कारबाही हुनुपर्छ । मेरो नेताको खल्तीमा पनि दुई चार पैसा गएको थियो भने उहाँलाई पनि थुन्नुस् । उहाँ त अलरेडी थुनिसक्नुभयो, अझ भित्र थुन्नुस् । 
  • हाम्रो समाजमा धेरै जना हुनुहुन्छ, जसलाई हामी आँखा चिम्लेर विश्वास गर्न सक्छौ। सर्वोच्च अदालतका न्यायाधिश वा पूर्व न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति बनाउन सकिन्छ । तर सबै दलका संसदीय दलका नेता, पार्टीको नेतृत्व, प्रमुख सचेतक सबै जनाले खुला सभामा आएर हस्ताक्षर गर्नुस् । र, मेरो आफ्नै श्रीमती परे पनि, मेरो आफ्नै भाइ दाई परे पनि हैन हामी बचाउने वाला छैनौं भनेर प्रतिवद्धता गरौं । यो देशको सुशासनको अभ्यासको लागि एउटा आइस ब्रेक होस्, टर्निङ पोइन्ट होस् ।  हाम्रो पार्टी यसका लागि तयार छ । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts