यातायात व्यवसायीको आन्दोलन फिर्ता, चल्न थाले सार्वजनिक गाडी
काठमाडौं । यातायात व्यवसायीहरुले आज मंगलबार रातिदेखि नै सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अब सबै सार्वजनिक सवारीहरु निर्वाद चल्ने छन् ।
जेठ १९ गते सरकारसँग भएको सहमतिका आधारमा आज व्यवसायीहरुले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषदले राइड सेयरसम्बन्धी नियमावली जारी गरेपछि यातायात व्यवसायीले ७ बुँदे माग राखेर देशब्यापी हड्ताल गरेका थिए ।
उनीहरुले गत शुक्रबारदेखि गण्डकी प्रदेशमा चल्ने सार्वजनिक सवारी बन्द गरेका थिए । सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द गरेर सडक प्रदर्शनमा उत्रिएका थिए ।
सरकारसँग सहमति गरेपनि गण्डकी प्रदेशमा लागु भएको राइड सेयरिङ सम्बन्धी नियमावली स्थगन नभएसम्म गाडी नचलाउने अडान व्यवसायीहरुको थियो । यसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गराउन राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयन नगर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेको थियो ।
गण्डकी प्रदेश सरकारले मंगलबार नै यातायात व्यवसायीको मागअनुसार राइड सेयरसम्बन्धी नियमावलीको कार्यान्वयन स्थगित गरेको छ । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीले एक विज्ञप्ति जारी गरी राइड सेयरसम्बन्धी नियमावलीका प्रावधान कार्यान्वयन स्थगित गरेको जानकारी गराएका थिए ।
सरकार पछि हटेपछि व्यवसायीले विज्ञप्ति नै जारी गरेर आन्दोलन फिर्ता भएको जानकारी दिएका छन् ।
हेर्नुस् विज्ञप्ति


रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






