यातायात व्यवसायीको आन्दोलन फिर्ता, चल्न थाले सार्वजनिक गाडी
काठमाडौं । यातायात व्यवसायीहरुले आज मंगलबार रातिदेखि नै सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अब सबै सार्वजनिक सवारीहरु निर्वाद चल्ने छन् ।
जेठ १९ गते सरकारसँग भएको सहमतिका आधारमा आज व्यवसायीहरुले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषदले राइड सेयरसम्बन्धी नियमावली जारी गरेपछि यातायात व्यवसायीले ७ बुँदे माग राखेर देशब्यापी हड्ताल गरेका थिए ।
उनीहरुले गत शुक्रबारदेखि गण्डकी प्रदेशमा चल्ने सार्वजनिक सवारी बन्द गरेका थिए । सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द गरेर सडक प्रदर्शनमा उत्रिएका थिए ।
सरकारसँग सहमति गरेपनि गण्डकी प्रदेशमा लागु भएको राइड सेयरिङ सम्बन्धी नियमावली स्थगन नभएसम्म गाडी नचलाउने अडान व्यवसायीहरुको थियो । यसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गराउन राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयन नगर्न गण्डकी प्रदेश सरकारलाई पत्राचार गरेको थियो ।
गण्डकी प्रदेश सरकारले मंगलबार नै यातायात व्यवसायीको मागअनुसार राइड सेयरसम्बन्धी नियमावलीको कार्यान्वयन स्थगित गरेको छ । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीले एक विज्ञप्ति जारी गरी राइड सेयरसम्बन्धी नियमावलीका प्रावधान कार्यान्वयन स्थगित गरेको जानकारी गराएका थिए ।
सरकार पछि हटेपछि व्यवसायीले विज्ञप्ति नै जारी गरेर आन्दोलन फिर्ता भएको जानकारी दिएका छन् ।
हेर्नुस् विज्ञप्ति


सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



