निजामती कर्मचारी ५ दिनदेखि सिंहदरबारभित्रै धर्नामा
संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा आपत्ति जनाउँदै कर्मचारीहरुले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरुले बिहीबार पाँचौं दिन पनि धर्ना जारी राखेका हुन् ।
निजामती सेवा विधेयकमा कर्मचारीको वृत्ति विकाससम्बन्धी व्यवस्था प्रस्ताव नगरिएको भन्दै कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
सिंहदरबारबाटै देश चलाइरहेको सरकारले सिंहदरबारभित्र राखेका आफ्ना मागहरु नसुनेको आरोप लगाए ।
‘ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरु पनि पूरा गरियोस् । आम कर्मचारी र सेवाग्राहीको भावना समेटेर सेवामैत्री र कर्मचारीमैत्री निजामती ऐन ल्याइयोस्’, उनले भने ।
संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका विभिन्न ट्रेड युनियनहरुले आन्दोलन गरिरहेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








