निजामती कर्मचारी ५ दिनदेखि सिंहदरबारभित्रै धर्नामा
संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा आपत्ति जनाउँदै कर्मचारीहरुले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरुले बिहीबार पाँचौं दिन पनि धर्ना जारी राखेका हुन् ।
निजामती सेवा विधेयकमा कर्मचारीको वृत्ति विकाससम्बन्धी व्यवस्था प्रस्ताव नगरिएको भन्दै कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
सिंहदरबारबाटै देश चलाइरहेको सरकारले सिंहदरबारभित्र राखेका आफ्ना मागहरु नसुनेको आरोप लगाए ।
‘ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरु पनि पूरा गरियोस् । आम कर्मचारी र सेवाग्राहीको भावना समेटेर सेवामैत्री र कर्मचारीमैत्री निजामती ऐन ल्याइयोस्’, उनले भने ।
संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका विभिन्न ट्रेड युनियनहरुले आन्दोलन गरिरहेका छन् ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



