पतञ्जलीमा एक पैसा खाएको छैन : माधव नेपाल
पूर्वप्रधानमन्त्री माधवकुमाार नेपालले पतञ्जलीको जग्गा प्रकरणमा आफूलाई जोड्नु पूर्वाग्रहमात्र भएको बताए ।
बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले भ्रष्टाचारजन्य काम नगरेको र कुनै मन्त्रीलाई कानुन विपरीत काम गर्न निर्देशन पनि नदिएको बताए ।
बिहीबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतञ्जली उद्योगका लागि हदबन्दी भन्दा बढी जग्गा राख्न दिएको र पछि त्यही जग्गा कानुन विपरीत बेच्न दिएको प्रकरणमा प्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपाल दोषी देखिएको अख्तियारको दाबी छ ।
उक्त मुद्दाबारे माधव नेपालले के भने उनको भनाइ जस्ताको तस्तै :
म त स्तब्ध भएँ । मैले कल्पना पनि गरेको थिइनँ । मबाट कुनै पनि अनुचित, भ्रष्टाचारजन्य काम भएको छैन ।
मैले कसैबाट पनि एक आना पैसा लिएको छैन, भ्रष्टाचारपूर्ण काम गरेको कुनै पनि प्रमाण छैन ।
मैले कुनै मन्त्रीलाई कानुन विपरीत काम गर्न जथाभावी निर्देशन दिएको पनि छैन । जसरी यसमा मलाई जोड्न खोजिएको छ, त्यहाँ पूर्वाग्रहबाहेक केही पनि छैन ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








