पतञ्जलीमा एक पैसा खाएको छैन : माधव नेपाल
पूर्वप्रधानमन्त्री माधवकुमाार नेपालले पतञ्जलीको जग्गा प्रकरणमा आफूलाई जोड्नु पूर्वाग्रहमात्र भएको बताए ।
बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले भ्रष्टाचारजन्य काम नगरेको र कुनै मन्त्रीलाई कानुन विपरीत काम गर्न निर्देशन पनि नदिएको बताए ।
बिहीबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतञ्जली उद्योगका लागि हदबन्दी भन्दा बढी जग्गा राख्न दिएको र पछि त्यही जग्गा कानुन विपरीत बेच्न दिएको प्रकरणमा प्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपाल दोषी देखिएको अख्तियारको दाबी छ ।
उक्त मुद्दाबारे माधव नेपालले के भने उनको भनाइ जस्ताको तस्तै :
म त स्तब्ध भएँ । मैले कल्पना पनि गरेको थिइनँ । मबाट कुनै पनि अनुचित, भ्रष्टाचारजन्य काम भएको छैन ।
मैले कसैबाट पनि एक आना पैसा लिएको छैन, भ्रष्टाचारपूर्ण काम गरेको कुनै पनि प्रमाण छैन ।
मैले कुनै मन्त्रीलाई कानुन विपरीत काम गर्न जथाभावी निर्देशन दिएको पनि छैन । जसरी यसमा मलाई जोड्न खोजिएको छ, त्यहाँ पूर्वाग्रहबाहेक केही पनि छैन ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






