डोनाल्ड ट्रम्प र इलन मस्कको किन बिग्रियो सम्बन्ध ?
एक जना विश्वकै शक्तिशाली । अर्का विश्वकै धनी ।
यी दुईबीचको लडाईं कस्तो होला ? अहिले विश्वभरका मानिसले देखिरहेका छन् ।
ती हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति इलन मस्क ।
अहिले दुबै एक अर्काविरुद्ध उत्रिएका छन् । उनीहरुको बीचको झगडाले कुन रुप लिन्छ अहिले नै अनुमान गर्न कठिन छ ।
विद्युतीय गाडी टेस्ला सहितका कम्पनीका मालिक मस्कले ट्रम्प र अरु रिपब्लिकनलाई चुनाव जिताउन २८८ मिलियन डलर चन्दा सहयोग गरे ।
त्यसको बदलामा ट्रम्पले मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी अर्थात डोज को नेतृत्व नै सुम्पिए । ट्रम्प प्रशासनले सरकारको खर्च कटौतीको उद्देश्यले बनाएको यो निकाय निकै शक्तिशाली थियो ।
मस्कको नेतृत्वमा डोजले संघीय सरकारका हजारौं कर्मचारीको जागिर खाइदियो । युएसएड जस्तो अमेरिकी सरकारको पुरानो एजेन्सीको विश्वव्यापी कार्यक्रमहरु कटौती गरिदियो ।
मस्कको कामबाट ट्रम्प प्रशासनका धेरै अधिकारी रुष्ट थिए, त्यस्तो बेलामा पनि ट्रम्पले मस्कलाई साथ दिएका थिए ।
केही महिना अगाडिसम्म डोनाल्ड ट्रम्प र इलन मस्कबीचको मित्रतामा कसैले प्रश्न उठाउन सक्दैनथ्यो । यी दुई जना छुट्याउनै नसकिने राजनीतिक शक्तिजस्तो देखिएका थिए ।
मस्क यति शक्तिशाली देखिए कि विपक्षी दल डेमोक्र्याटका कतिपय नेताहरुले बाहिर ट्रम्प देखिए पनि खास राष्ट्रपति इलन नै भएको टिप्पणी गर्थे ।
उनीहरु सार्वजनिक सञ्चार माध्यममा एक अर्काको खुलेर प्रशंसा गर्थे । मस्कले प्रगतिशील र डेमोक्र्याटहरुविरुद्ध तिखो टिप्पणी गर्थे ।
जब जब उनीहरु अब चाहिँ छुट्न्छिन् भन्ने लाग्थ्यो, मस्क ओभल अफिस, क्याबिनेट रुम वा राष्ट्रपतिको एयर फोर्स वान फ्लाइटमा उडान भर्थे ।
गत साता भने डोजमा १३० दिन पूरा गरेर मस्क ओभल अफिसबाट बिदा भए ।
ट्रम्पले ह्वाइट हाउसको गोल्डेन कि दिएर कुनै पनि दिन फर्किन सक्ने संकेत गरेका थिए ।
तर केही दिनपछि नै ट्रम्प र मस्कको झगडा छताछुल्ल भएको छ । थप जानकारी भिडियोमा :
४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
अनलाइन ठगीका बादशाह चेनको कम्बोडिया कनेक्सन
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
जापानले पायो पहिलो महिला प्रधानमन्त्री
मादागास्कर जेनजी आन्दोलन : राष्ट्रपति भागे, सेनाले लियो सत्ता


-1761836913.jpg)






