भारतमा बढ्न थाल्यो कोरोना, नेपाल के गर्दैछ ?
भारतमा कोरोना संक्रमण दर बढेपछि नेपालमा पनि कोरोना फैलिने डर बढेको छ । भारतमा संक्रमण देखिएको १५ दिनपछि नेपालमा पनि भित्रिएको विगतको अनुभव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाइ नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए ।
नाकामा आरडिटी टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिरहेको उनको भनाइ छ ।
सरकारले कोरोना संक्रमण फैलिए पनि उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव नभएको बताएको छ । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।
देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटेलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने व्यवस्था गरेको उनको भनाइ छ ।
९० हजारदेखि एक लाख जनासम्मलाई सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न सकिने मन्त्रालयको भनाइ छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






