भारतमा बढ्न थाल्यो कोरोना, नेपाल के गर्दैछ ?
भारतमा कोरोना संक्रमण दर बढेपछि नेपालमा पनि कोरोना फैलिने डर बढेको छ । भारतमा संक्रमण देखिएको १५ दिनपछि नेपालमा पनि भित्रिएको विगतको अनुभव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाइ नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए ।
नाकामा आरडिटी टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिरहेको उनको भनाइ छ ।
सरकारले कोरोना संक्रमण फैलिए पनि उपचारका लागि पूर्वाधार र जनशक्ति अभाव नभएको बताएको छ । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।
देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटेलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने व्यवस्था गरेको उनको भनाइ छ ।
९० हजारदेखि एक लाख जनासम्मलाई सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न सकिने मन्त्रालयको भनाइ छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






