3 Minute
अमेरिकाबाट डिपोर्ट नेपाली मध्यरातमा काठमाडौं आइपुगे
अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका थप ३७ जना नेपाली आइतबार मध्यरात काठमाडौं आइपुगेका छन् ।
अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याइदिएको थियो । मध्यरातमा काठमाडौं आइपुग्नेहरुमा ५ जना महिला र ३२ जना पुरुष छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि आप्रवासीहरु प्रति कडा नीति लिँदै आएका छन् । गत जनवरी यता नै झण्डै डेढ सय जना नेपाली अमेरिकाबाट फर्काइएका छन् ।
नेपालीहरु अवैध तरिकाले अमेरिका जान दलाललाई मोटो रकम दिएर दक्षिण अमेरिकी देशको बाटो हुँदै पनि जाने गरेका छन् । यसरी गएकाहरु स्वदेश फर्किएपछि पनि दलालविरुद्ध उजुरी दिएका छैनन् ।
भिसा प्रक्रिया पूरा नगरी गएका, भिसा अवधि भन्दा बढी समय बसेका र चालचलन राम्रो नभएका आप्रवासीलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






