3 Minute
अमेरिकाबाट डिपोर्ट नेपाली मध्यरातमा काठमाडौं आइपुगे
अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका थप ३७ जना नेपाली आइतबार मध्यरात काठमाडौं आइपुगेका छन् ।
अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याइदिएको थियो । मध्यरातमा काठमाडौं आइपुग्नेहरुमा ५ जना महिला र ३२ जना पुरुष छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि आप्रवासीहरु प्रति कडा नीति लिँदै आएका छन् । गत जनवरी यता नै झण्डै डेढ सय जना नेपाली अमेरिकाबाट फर्काइएका छन् ।
नेपालीहरु अवैध तरिकाले अमेरिका जान दलाललाई मोटो रकम दिएर दक्षिण अमेरिकी देशको बाटो हुँदै पनि जाने गरेका छन् । यसरी गएकाहरु स्वदेश फर्किएपछि पनि दलालविरुद्ध उजुरी दिएका छैनन् ।
भिसा प्रक्रिया पूरा नगरी गएका, भिसा अवधि भन्दा बढी समय बसेका र चालचलन राम्रो नभएका आप्रवासीलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








