सीप मेलामा सिलाइ कटाइदेखि ड्रोन उडाउनेसम्म तालिम
काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सीप मेला चलाइरहेको छ ।
मेलामा सीप सिक्न १४ हजार ९४७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट महानगरपालिकाले २ हजार ७१२ जनालाई छनोट भएका छन् ।
छनोट भएकामध्ये २ हजार ५१२ जना तालिममा सहभागी छन् । विभिन्न १० क्षेत्रका ३७ विधामा तालिम चलिरहेको छ ।
तालिम बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चलिरहेको छ । सहभागीहरु निकै उत्साहका साथ सीप सिकिरहेका छन् ।
सीप मेलामा सबैभन्दा धेरै सहभागी भएको क्षेत्र हो गार्मेन्ट । यो तालिममा १३१ जना सहभागी छन् ।
काठमाडौंमा गार्मेन्टको क्षेत्रमा जनशक्ति अभाव छ । गार्मेन्ट उद्योगहरु भारतीय मजदुरका भरमा चलिरहेका छन् ।
अमेरिकाको नयाँ कर नीतिका कारण गार्मेन्ट उद्योगीहरु आशावादी छन् । यही बेला महानगरपालिका युवालाई गार्मेन्टमै सीप सिकाइरहेको छ ।
सिकाइ निकै प्रभावकारी भएको सहभागी बताउँछन् ।
गार्मेन्टको तालिम लिएकाले तुरुन्तै काम पाउने निश्चित भएको सीप मेला सचिवालयले पनि बताएको छ ।
सीप मेलामा अर्को नौलो र रोचक दृश्य छ, पुरोहित तालिमको । हिन्दू धर्मको कर्मकाण्ड गराउने विधि सिक्न १३२ जनाले आवेदन दिएका थिए, उनीहरुमध्ये ७६ जना छनोट भएका छन् ।
शहरी क्षेत्रमा कर्मकाण्ड सञ्चालन गर्ने मानिसको अभाव हुँदै गइरहेको छ । त्यसैले महानगरपालिकाले पुरोहित तालिम पनि सञ्चालन गरेको हो ।
अहिले शहरमा इलेक्ट्रिसियन भनेका बेलामा भेट्न मुश्किल छ ।
त्यसैले महानगरपालिकाले यसको तालिम पनि चलाइरहेको छ । इलेक्ट्रिसियन तालिम लिनेमा महिलाहरु पनि छन् । अझ प्रशिक्षक समेत महिला छन् ।
सीप मेला हेर्दा यस्तो लाग्छ कुनै पनि काम महिला वा पुरुषले गर्ने भनेर छुट्याउनै पर्दैन । यो दृश्य हेर्नुस् ।
बार्बर अर्थात् कपाल काट्ने तालिममा पनि महिलाहरु छन् । सहभागीहरु तालिम निकै प्रभावकारी भएको बताउँछन् ।
थांका, हाम्रो परम्परागत चित्रकलाको पेशा र सीप हो । नेपाली थांका विश्व बजारमा निकै लोकप्रिय छ ।
यसको कलात्मकताले विदेशी पर्यटक लोभ्याउँछ । महानगरले थांका बनाउने सीप पनि सिकाइरहेको छ ।
कहिल्यै पेन्सिल, कलर र ब्रससमेत नसमाएकाहरु पनि रुचि देखाइरहेका छन् । थांकाको काम छोटो समयमै धेरै सिक्न सकिएको एक सहभागीले बताए ।
सीपमेलामा नयाँ प्रविधिमा आधारितदेखि परम्परागत जीवन उपयोगी सीप समेत सिकाइँदैछ ।
हिजोआज डाउन सिन्ड्रोमले धेरै बालबच्चा प्रभावित छन् । सीपमेलामा यस्ता बालबालिकाको स्याहारसुसार र रेखदेख कसरी गर्ने भन्ने प्रशिक्षण चलिरहेको छ । डाउन सिन्ड्रोम भएका बच्चाहरुको अभिभावकहरु यो तालिममा सहभागी छन् ।
त्यसैगरी यहाँ एआई प्रविधिको प्रयोग पनि सिकाइँदैछ । सीसिटिभी, ल्यापटप, जस्ता उपकरण मर्मत र ड्रोन सम्बन्धी पनि तालिम चलिरहेकोछ ।
विग, प्लम्बिङ, फ्लावर डेकोरेसन, वारिष्टा, सेरामिक्स, स्टक मार्केट, डिजिटल मार्केटिङ, मल्टिमिडियालगायतका विषयमा समेत सीपहरु सिकाइँदैछ ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




