काठमाडौं महानगरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ४ करोडको सम्पत्तिको स्रोत खुलेन
काठमाडौं महानगरपालिकाका एक इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको मुद्दा दायर गरेको छ ।
सरकारी जागिर खाएको ३२ वर्षमा उनले आफ्नो वैधानिक आम्दानी भन्दा ४ करोड ५८ लाख रुपैयाँ बढी कमाएको देखिएको अख्तियारले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने रामबाबु महतो कोइरीविरुद्ध अख्तियारले सोमबार गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कोइरीको सरकारी जागिर सुरु भएको अवधि २०४६ वैशाख १९ देखि २०७८ फागुन ३० सम्मको सम्पत्ति जाँच गरिएको थियो ।
यस अवधिमा उनको वैधानिक आम्दानी ३ करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ हुने देखिएको अख्तियारको भनाइ छ । तर उनको सम्पत्ति, खर्च र लगानी हिसाब गर्दा ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ देखिएको थियो ।
त्यसैले स्रोत नखुलेको ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ भ्रष्टाचार भएको देखिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए ।
महतोले श्रीमती माला कुमारी महतोको नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैङ्क मौज्दात राखेको पाइएको भन्दै अख्तियारले ती सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








