काठमाडौं महानगरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ४ करोडको सम्पत्तिको स्रोत खुलेन
काठमाडौं महानगरपालिकाका एक इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको मुद्दा दायर गरेको छ ।
सरकारी जागिर खाएको ३२ वर्षमा उनले आफ्नो वैधानिक आम्दानी भन्दा ४ करोड ५८ लाख रुपैयाँ बढी कमाएको देखिएको अख्तियारले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने रामबाबु महतो कोइरीविरुद्ध अख्तियारले सोमबार गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कोइरीको सरकारी जागिर सुरु भएको अवधि २०४६ वैशाख १९ देखि २०७८ फागुन ३० सम्मको सम्पत्ति जाँच गरिएको थियो ।
यस अवधिमा उनको वैधानिक आम्दानी ३ करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ हुने देखिएको अख्तियारको भनाइ छ । तर उनको सम्पत्ति, खर्च र लगानी हिसाब गर्दा ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ देखिएको थियो ।
त्यसैले स्रोत नखुलेको ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ भ्रष्टाचार भएको देखिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए ।
महतोले श्रीमती माला कुमारी महतोको नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैङ्क मौज्दात राखेको पाइएको भन्दै अख्तियारले ती सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






