यस्तो बन्यो मुग्लिन-पोखरा सडक
यो दृश्य हो, पोखरा जाने सडक । अहिले यहाँ सडक विस्तारको काम अन्तिम चरणमा छ ।
तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर सडक विस्तारको काम गरिएको छ ।
आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किलोमिटर पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८८ किलोमिटर खण्ड पश्चिम खण्ड भनेर छुट्याइएको छ ।
पूर्वी खण्डमा विमलनगर र दमौलीमा गरी डेढ किलोमिटर मात्रै पिच गर्न बाँकी छ । अधिकांश भागमा तोकिएअनुसार ४ र ६ लेनकै सडक बनिसकेको छ ।
पश्चिम खण्डको विजयपुर, पोखरा विश्वविद्यालय र माहुरी भीर क्षेत्रको सडकमा कालोपत्रे भएको छैन । पश्चिम खण्ड आयोजनाका प्रमुख कृष्ण कुँवरका अनुसार १३ किलोमिटर सडक दुई लेनमा मात्र पिच सकिएको छ ।
यो खण्डमा १९ किलोमिटर ६ लेन र साढे २० किलोमिटर ४ लेन सडक बनाउनुपर्ने छ ।
पूर्वी खण्डको भौतिक प्रगति ८५ प्रतिशत छ । पश्चिम खण्डमा ५३ प्रतिशत मात्रै काम सकिएको छ । पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद आगामी असार २९ गतेसम्म छ । पश्चिम खण्डमा भने आगामी पुससम्म काम सकाउने गरी म्याद थप भएको छ ।
पूर्वी खण्डमा निर्माणधीन मादी नदीको आर्क ब्रिज बाहेकका १७ वटा पुल सबै तयार भइसकेका छन् । पश्चिम खण्डमा भने १२ मध्ये विजयपुर पुल र सेती नदीमाथिको सिग्नेचर पुल मात्रै बन्न बाँकी छ ।
तुलनात्मक रुपमा पश्चिम खण्डमा अझै धेरै काम बाँकी देखिन्छ । तर पूर्वी खण्डमा भने अन्तिम चरण्मा काम भइरहेका छन् ।
एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा विस्तार भइरहेको यो राजमार्गमा आगामी पुसम्म विस्तार गरिसक्ने लक्ष्य छ ।
तर पश्चिम खण्डमा धेरै ठाउँमा वस्तीका दुईतर्फको सर्भिस लेनको काम सुरु नभएकाले समयमै सकिने अवस्था भने छैन ।
यो सडकको पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको छ । पश्चिमी खण्डमा चीनकै एनहुई केयूएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँको ठेक्कामा काम गर्दैछ ।
अहिलेसम्म आबुखैरनीदेख मुग्लिनसम्मको सडक खण्डको ठेक्का हुन सकेको छैन । सडक छेउमै रहेको मर्स्याङ्दी जलविद्युत गृहका कारण यो खण्ड ४ लेनको बनाउन समस्या भएको छ ।
त्यसैले यो खण्डमा मस्र्याङ्दी पारीबाट अर्को २ लेन सडक बनाउने योजना छ । यसो गर्दा आउजाउ गर्ने सवारीहरु खोल वारी र पारी बाट फरक फरक सडकमा चल्नेछन् ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
ग्लोबल आइएमई ह्याकाथनका लागि आवेदन खुल्ला
धितो लिलामीमा ऋणीको पक्षमा राष्ट्र बैंकको निर्देशन



-1781681783.png)
-1781759377.png)




