अहमदावाद विमान दुर्घटनामा २०४ जनाको मृत्यु पुष्टि, एक जनाको जीवितै उद्दार
भारतको अहमदावादमा भएको विमान दुर्घटनामा २०४ जनाको मृत्यु पुष्टि भएको छ ।
अहदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनतर्फ उडेको विमान उडेको केहीबेरमा नै दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जनाको जीवितै उद्दार भएको छ । विमानको सिट नम्बर ११ ए मा रहेका ४० वर्षका विश्वासकुमार रमेशको जीवितै उद्दार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनका अनुसार विमानले मैदान छाडेको ३० सेकेण्डपछि नै ठूलो आवाज आएको थियो, त्यसपछि विमान दुर्घटना भएको थियो । रमेशको आँखा, छाती र खुट्टामा चोट लागेको छ । उनी भारतीय मूलका बेलायती नागरिक हुन् र २० वर्षदेखि बेलायतमा बसोबास गरिरहेका छन् ।
रमेश आफन्तलाई भेट गर्न भारत आएका थिए ।
एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमानमा २३२ यात्रु र १० जना चालक दलका सदस्यसहित लण्डनतर्फ उडेको थियो ।
यात्रुमध्ये १६९ जना भारतीय नागरिक थिए भने ५३ जना बेलायती नागरिक थिए । त्यस्तै १ जना क्यानडेली र ७ जना नेदरल्याण्डस्का नागरिक छन् ।
उनीहरुमध्ये २०४ जनाको मृत्यु पुष्टि भएको अहमदावादका पुलिस कमिस्नर जीएस मलिकले बताएका छन् । उनका अनुसार ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ र उद्दार पनि चलिरहेको छ ।
विमान एयरपोर्टको ठीक बाहिरको बस्तीमा दुर्घटनामा परेको हो । विमान एक मेडिकल कलेजको छात्राबासको क्यान्टिनमाथि खसेको थियो । विमान खसेका बेला त्यहाँ छात्राहरु लन्च खाइरहेका थिए ।
घाइतेहरुको अहमदावादको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
एयर इन्डिया भारतको टाटा ग्रुप अन्तर्गतको कम्पनी हो ।
प्रत्यक्षदर्शीका अनुसार भूकम्प गएको जस्तो ठूलो आवाज आएको थियो र विमानबाट धेरै धुवाँ उडिरहेको थियो । विमान के कारणले दुर्घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)