अहमदावाद विमान दुर्घटनामा २०४ जनाको मृत्यु पुष्टि, एक जनाको जीवितै उद्दार
भारतको अहमदावादमा भएको विमान दुर्घटनामा २०४ जनाको मृत्यु पुष्टि भएको छ ।
अहदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनतर्फ उडेको विमान उडेको केहीबेरमा नै दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जनाको जीवितै उद्दार भएको छ । विमानको सिट नम्बर ११ ए मा रहेका ४० वर्षका विश्वासकुमार रमेशको जीवितै उद्दार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनका अनुसार विमानले मैदान छाडेको ३० सेकेण्डपछि नै ठूलो आवाज आएको थियो, त्यसपछि विमान दुर्घटना भएको थियो । रमेशको आँखा, छाती र खुट्टामा चोट लागेको छ । उनी भारतीय मूलका बेलायती नागरिक हुन् र २० वर्षदेखि बेलायतमा बसोबास गरिरहेका छन् ।
रमेश आफन्तलाई भेट गर्न भारत आएका थिए ।
एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमानमा २३२ यात्रु र १० जना चालक दलका सदस्यसहित लण्डनतर्फ उडेको थियो ।
यात्रुमध्ये १६९ जना भारतीय नागरिक थिए भने ५३ जना बेलायती नागरिक थिए । त्यस्तै १ जना क्यानडेली र ७ जना नेदरल्याण्डस्का नागरिक छन् ।
उनीहरुमध्ये २०४ जनाको मृत्यु पुष्टि भएको अहमदावादका पुलिस कमिस्नर जीएस मलिकले बताएका छन् । उनका अनुसार ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ र उद्दार पनि चलिरहेको छ ।
विमान एयरपोर्टको ठीक बाहिरको बस्तीमा दुर्घटनामा परेको हो । विमान एक मेडिकल कलेजको छात्राबासको क्यान्टिनमाथि खसेको थियो । विमान खसेका बेला त्यहाँ छात्राहरु लन्च खाइरहेका थिए ।
घाइतेहरुको अहमदावादको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
एयर इन्डिया भारतको टाटा ग्रुप अन्तर्गतको कम्पनी हो ।
प्रत्यक्षदर्शीका अनुसार भूकम्प गएको जस्तो ठूलो आवाज आएको थियो र विमानबाट धेरै धुवाँ उडिरहेको थियो । विमान के कारणले दुर्घटना भयो भन्ने अहिलेसम्म खुलेको छैन ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

