दिलभूषण पाठकको पक्राउ पुर्जीबारे आरजुले मुख खोलिन्
परराष्ट्रमन्त्री आरजु राणा देउवाले पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा मुख खोलेकी छन् ।
उनले पाठकको नाम नलिई आफ्नो परिवारलाई बदनाम गर्ने मनसायले सामाजिक सञ्जालमा भिडियो प्रशारण भएपछि उजुरी दिएको स्वीकार गरेकी छन् ।
उक्त भिडियो तथ्यहीन र भ्रामक रहेको दाबी गर्दै आरजुले भिडियो प्रशारण गर्ने संस्था सरकारी निकायमा दर्ता नभएको पनि बताएकी छन् ।
‘कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौं’, आरजुले भनेकी छन् ।
पत्रकार दिलभूषण पाठकले आफ्नो युट्युब च्यानलमा करिब एक महिनाअघि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरले काठमाडौं नक्सालको हिल्टन होटल खरिद गरेको बारे सामग्री प्रशारण गरेका थिए ।
सोही विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आरजुले फेसबुक मार्फत आफूहरुले साइबर ब्यूरोमा उजुरी दिएको स्वीकार गरेकी हुन् । उनले कानुनले जे सजाय दिन्छ आफूहरुले त्यसलाई मान्ने बताएकी छन् ।
आरजुले मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता हुने भन्दै व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






