दुर्गा प्रसाईंसहित ७ जना पुर्क्षपका लागि थुनामा, ३२ जना धरौटीमा छुटे
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्नताको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउने आदेश दिएको हो ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा चलेको थियो ।
यो मुद्दामा ३२ जना भने धरौटीमा रिहा भएका छन् । हरिहर चौलागाईं, सन्तोष राजावादी भन्ने सन्तोष सिलवाल, हेमराज थारु र विष्णुजंग बस्नेतसँग १ लाख धरौटी मागिएको छ ।
तीबाहेक अरु केहीसँग ५० हजार, केहीसँग २० हजार र केहीसँग १० हजार धरौटी माग गरिएको छ ।
हेर्नुहोस् को को धरौटीमा छुटे :


रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






