दुर्गा प्रसाईंसहित ७ जना पुर्क्षपका लागि थुनामा, ३२ जना धरौटीमा छुटे
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्नताको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउने आदेश दिएको हो ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा चलेको थियो ।
यो मुद्दामा ३२ जना भने धरौटीमा रिहा भएका छन् । हरिहर चौलागाईं, सन्तोष राजावादी भन्ने सन्तोष सिलवाल, हेमराज थारु र विष्णुजंग बस्नेतसँग १ लाख धरौटी मागिएको छ ।
तीबाहेक अरु केहीसँग ५० हजार, केहीसँग २० हजार र केहीसँग १० हजार धरौटी माग गरिएको छ ।
हेर्नुहोस् को को धरौटीमा छुटे :


रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






