अहमदावाद प्लेन दुर्घटनाको प्रतीक बनेको एउटा अन्तिम सेल्फी
भारत राजस्थानको एउटा खुशी परिवार । जसमा बाबुआमा र तीनजना साना छोराछोरी थिए । उनीहरु लण्डनमा नयाँ जीवनको सुरुवात गर्दै थिए ।
लण्डन जान जहाज चढिसकेका थिए । जहाजबाट उनीहरुले पाँचै जना देखिने गरी एउटा सेल्फी खिचे, अनि आफन्तहरुलाई पठाए । त्यही फोटो अहिले भारतमा भएको त्रासदीपूर्ण विमान दुर्घटनाको प्रतीक बनेको छ ।
डा. कोमी ब्यास भारतको उदइपुरस्थित प्यासिफिक मेडिकल कलेज एण्ड हस्पिटलको प्रख्यात फिजिसियन थिइन् । उनी आफ्ना तीन छोराछोरी लिएर श्रीमानसँगै बस्न लण्डन जाँदै थिइन् ।
उनका श्रीमान डा. प्रतीक जोशी ३ वर्षदेखि लण्डनमा कार्यरत थिए । प्रतीक आफ्नी पत्नी र तीन छोराछोरी लिन एक महिनाअघि मात्र भारत आएका थिए । उनीहरु सँगै लण्डन बस्ने गरी भारत छाडेर जाँदै थिए ।
तर बिहीबार दिउँसो उनीहरु चढेको एयर इन्डियाको विमान भारतको अहमदावादबाट लण्डन उडेको केहीबेरमै दुर्घटनामा पर्यो । पाँचै जनाको त्यहीँ मृत्यु भयो । उनीहरुले प्लेनमा बस्दा खिचेर आफन्तलाई पठाएको सेल्फीले अहिले धेरैको मन चिसो बनाएको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








