अहमदावाद प्लेन दुर्घटनाको प्रतीक बनेको एउटा अन्तिम सेल्फी
भारत राजस्थानको एउटा खुशी परिवार । जसमा बाबुआमा र तीनजना साना छोराछोरी थिए । उनीहरु लण्डनमा नयाँ जीवनको सुरुवात गर्दै थिए ।
लण्डन जान जहाज चढिसकेका थिए । जहाजबाट उनीहरुले पाँचै जना देखिने गरी एउटा सेल्फी खिचे, अनि आफन्तहरुलाई पठाए । त्यही फोटो अहिले भारतमा भएको त्रासदीपूर्ण विमान दुर्घटनाको प्रतीक बनेको छ ।
डा. कोमी ब्यास भारतको उदइपुरस्थित प्यासिफिक मेडिकल कलेज एण्ड हस्पिटलको प्रख्यात फिजिसियन थिइन् । उनी आफ्ना तीन छोराछोरी लिएर श्रीमानसँगै बस्न लण्डन जाँदै थिइन् ।
उनका श्रीमान डा. प्रतीक जोशी ३ वर्षदेखि लण्डनमा कार्यरत थिए । प्रतीक आफ्नी पत्नी र तीन छोराछोरी लिन एक महिनाअघि मात्र भारत आएका थिए । उनीहरु सँगै लण्डन बस्ने गरी भारत छाडेर जाँदै थिए ।
तर बिहीबार दिउँसो उनीहरु चढेको एयर इन्डियाको विमान भारतको अहमदावादबाट लण्डन उडेको केहीबेरमै दुर्घटनामा पर्यो । पाँचै जनाको त्यहीँ मृत्यु भयो । उनीहरुले प्लेनमा बस्दा खिचेर आफन्तलाई पठाएको सेल्फीले अहिले धेरैको मन चिसो बनाएको छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






