3 Minute
प्रधानमन्त्रीको दाबी : एसईईमा यस वर्ष ६० प्रतिशत विद्यार्थी पास हुन्छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६० प्रतिशत भन्दा बढी विद्यार्थी पास हुने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै उनले गत वर्षको जस्तो नाजुक नतिजा यस वर्ष नहुने दाबी गरे ।
‘हामीले केही प्रभावकारी कदमहरु चालेका छौं जसले गर्दा ४८ प्रतिशत उतीर्णजस्तो नाजुक अवस्था हुने छैन । यसवर्ष ६०–६५ प्रतिशत कमसेकम पुर्याउनेछौं । भरसक त्यो भन्दा माथि होला’, प्रधानमन्त्री ओलीले भने ।
उनले एसईईमा उतीर्णको दर अब हरेक वर्ष बढ्दै जाने पनि बताए ।
केही महिनाअघि ओलीले एसईईमा ४८ प्रतिशत मात्र उतीर्ण हुनुमा शिक्षकहरु जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले यस्तो नतिजा दिने शिक्षकले सेवा सुविधा बढाउन माग गरेको भन्दै आलोचना पनि गरेका थिए ।
प्रकाशित मिति:
शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






