3 Minute
प्रधानमन्त्रीको दाबी : एसईईमा यस वर्ष ६० प्रतिशत विद्यार्थी पास हुन्छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६० प्रतिशत भन्दा बढी विद्यार्थी पास हुने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै उनले गत वर्षको जस्तो नाजुक नतिजा यस वर्ष नहुने दाबी गरे ।
‘हामीले केही प्रभावकारी कदमहरु चालेका छौं जसले गर्दा ४८ प्रतिशत उतीर्णजस्तो नाजुक अवस्था हुने छैन । यसवर्ष ६०–६५ प्रतिशत कमसेकम पुर्याउनेछौं । भरसक त्यो भन्दा माथि होला’, प्रधानमन्त्री ओलीले भने ।
उनले एसईईमा उतीर्णको दर अब हरेक वर्ष बढ्दै जाने पनि बताए ।
केही महिनाअघि ओलीले एसईईमा ४८ प्रतिशत मात्र उतीर्ण हुनुमा शिक्षकहरु जिम्मेवार रहेको टिप्पणी गरेका थिए । उनले यस्तो नतिजा दिने शिक्षकले सेवा सुविधा बढाउन माग गरेको भन्दै आलोचना पनि गरेका थिए ।
प्रकाशित मिति:
शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








