रास्वपा सांसदको नाराबाजीकै बीच संसद बैठक सञ्चालन
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको नाराबाजीका बीच प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ ।
आइतबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उठेका थिए ।
तर सभामुखले आकस्मिक समयमा बोल्न दिने भन्दै सबै सांसदलाई बस्न आग्रह गरे र सुरुमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिए ।
त्यसपछि रास्वपा सांसदहरु वेलमा आएर नाराबाजी गर्न थाले भने राप्रपा सांसदहरु आफ्नो सिटमा उभिइरहे । रास्वपा सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन् । तर रास्वपा सांसदको नाराबाजीकै बीच सभामुख घिमिरेले संसद बैठक सञ्चालन गरे ।
कांग्रेस सांसद घिमिरेपछि एमाले सांसद योगेश भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललगायत सांसदहरुले आकस्मिक समयमा बोलेका छन् ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



