रास्वपा सांसदको नाराबाजीकै बीच संसद बैठक सञ्चालन
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको नाराबाजीका बीच प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ ।
आइतबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु उठेका थिए ।
तर सभामुखले आकस्मिक समयमा बोल्न दिने भन्दै सबै सांसदलाई बस्न आग्रह गरे र सुरुमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिए ।
त्यसपछि रास्वपा सांसदहरु वेलमा आएर नाराबाजी गर्न थाले भने राप्रपा सांसदहरु आफ्नो सिटमा उभिइरहे । रास्वपा सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन् । तर रास्वपा सांसदको नाराबाजीकै बीच सभामुख घिमिरेले संसद बैठक सञ्चालन गरे ।
कांग्रेस सांसद घिमिरेपछि एमाले सांसद योगेश भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललगायत सांसदहरुले आकस्मिक समयमा बोलेका छन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






