नेभिगेशन
अर्थतन्त्र

कोशी सरकारको बजेट ३५ अर्ब ८७ करोड 

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । 

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कोशी प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । उनका अनुसार ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ स्थानीय तहका लागि छुट्याइएको छ । 

चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरिएके छ । 

बजेटको स्रोतमध्ये ५ अर्ब ५० करोड राजस्वबाट, १२ अर्ब ३९ करोड ६० लाख राजस्व बाँडफाँटबाट र ८ अर्ब ९८ करोड ३४ लाख संघीय सरकारले दिने वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुनेछ । 

त्यस्तै सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदान ३९ करोड १७ लाख, विशेष अनुदान ५५ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त हुनेछ । 

प्रदेशले रोयल्टीबाट ३५ करोड ६ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात नै ३ अर्ब १३ करोड रुपैयाँ रहेको आर्थिक मामिलामन्त्री मगरले बताए । 

कोशीले कृषि, उद्योग र सहकारी क्षेत्रमा २ अर्ब १८ करोड, पर्यटन वन तथा वातावरणमा २ अर्ब ९७ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । 

त्यस्तै शिक्षा, खेलकुद, संस्कृति, रोजगार तथा समावेशीताका लागि २ अर्ब ५ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यमा ३ अर्ब ५१ करोड ७१ लाख, ऊर्जा, सिँचाइ र खानेपानीका लागि ४ अर्ब ७३ करोड ३० लाख विनियोजन गरिएको छ । 

कोशी प्रदेशले सडक पूर्वाधार तथा शहरी विकासका लागि १० अर्ब ५७ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । आन्तरिक मामिला तथा शान्ति सुरक्षाका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थतन्त्र