गण्डकीले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार आर्थिक मामिलामन्त्री टकराज गुरुङले प्रदेशसभामा आगामी आर्थिक वर्षको आयव्ययको अनुमान प्रस्तुत गरेका छन् ।
जस अनुसार चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र प्ुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार विनियोजन गरिएको छ ।
वित्तीय व्यवस्थाका लागि २५ करोड छुट्याइइको छ ।
गण्डकीले बजेटको स्रोतमा संघीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार र रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।
त्यस्तै सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख, विशेष अनुदानबाट ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशले आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८८ हजार संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै चालु आर्थिक वर्षको बजेटबाट २ अर्ब २४ करोड ५० लाख रुपैयाँ बचत हुने र नपुगेको १ अर्ब ७५ करोड आन्तरिक ऋण लिने अर्थमन्त्री गुरुङले बताएका छन् ।
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग








