गण्डकीले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार आर्थिक मामिलामन्त्री टकराज गुरुङले प्रदेशसभामा आगामी आर्थिक वर्षको आयव्ययको अनुमान प्रस्तुत गरेका छन् ।
जस अनुसार चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र प्ुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार विनियोजन गरिएको छ ।
वित्तीय व्यवस्थाका लागि २५ करोड छुट्याइइको छ ।
गण्डकीले बजेटको स्रोतमा संघीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार र रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।
त्यस्तै सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख, विशेष अनुदानबाट ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशले आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८८ हजार संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै चालु आर्थिक वर्षको बजेटबाट २ अर्ब २४ करोड ५० लाख रुपैयाँ बचत हुने र नपुगेको १ अर्ब ७५ करोड आन्तरिक ऋण लिने अर्थमन्त्री गुरुङले बताएका छन् ।

कोशी सरकारको बजेट ३५ अर्ब ८७ करोड

यस्तो बन्यो मुग्लिन-पोखरा सडक

सीप मेलामा सिलाइ कटाइदेखि ड्रोन उडाउनेसम्म तालिम

विश्वनाथ पौडेल बने राष्ट्र बैंकको गभर्नर
