3 Minute
अदालतले माग्यो राजु पाण्डेलाई निलम्बन गर्नुको कारण
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश प्रकाश खरेलको इजलासले राजुनाथ पाण्डेलाई निलम्बनको कारण पेश गर्न महानगरपालिकाको नाममा आदेश दिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न आउँदा नगर प्रहरीले अवरोध गरेको थियो । सोही विषयलाई लिएर गुरागाईंले पाण्डेलाई निलम्बन गरेका थिए ।
निलम्बनविरुद्ध अदालत गएका पाण्डेले आफूलाई पुनर्बहाली गर्न अन्तरिम आदेश माग गरेका थिए । तर उच्च अदालतले अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेशका लागि छलफल गर्न बुधबारका लागि पेशी तोकिएको छ ।
प्रकाशित मिति:
मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








