3 Minute
अदालतले माग्यो राजु पाण्डेलाई निलम्बन गर्नुको कारण
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश प्रकाश खरेलको इजलासले राजुनाथ पाण्डेलाई निलम्बनको कारण पेश गर्न महानगरपालिकाको नाममा आदेश दिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न आउँदा नगर प्रहरीले अवरोध गरेको थियो । सोही विषयलाई लिएर गुरागाईंले पाण्डेलाई निलम्बन गरेका थिए ।
निलम्बनविरुद्ध अदालत गएका पाण्डेले आफूलाई पुनर्बहाली गर्न अन्तरिम आदेश माग गरेका थिए । तर उच्च अदालतले अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेशका लागि छलफल गर्न बुधबारका लागि पेशी तोकिएको छ ।
प्रकाशित मिति:
मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






