संसदमा विपक्षीले खोजे निजामती विधेयक
५ असार, काठमाडौं । संसदमा विपक्षी दलहरुले संघीय निजामती विधेयकको खोजी गरेका छन् ।
संसदको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो विधेयक तत्काल ल्याउन माग गरे । उनले भने, ‘सरकार भन्छ एकातिर, व्यवहारमा गर्छ एकथोक ।’
एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले कुलिङ पिरियड खारेज गराउन केही सचिवले राजीनामा दिने धम्की दिएर विधेयक रोक्न खोजेको आरोप बताए । उनले भने, ‘२५ जनाले राजीनाामा दिन्छन् भने अरुले अवसर पाउँछन् । धम्कीका भरमा नीति निर्माण गर्न दिनु हुन्न ।’
राव्य व्यवस्था समितिले निजामती कर्मचारीका लागि २ वर्षको कुलिङ पिरियड राखेर विधेयक पास गरेको थियो । यो विधेयक १ असारमा प्रतिनिधिसभामा पेश भएको थियो भने ३ गते पास गर्ने गरी संसदको कार्यसूचीमा समेत परेको थियो ।
तर त्यो दिन कार्यसूचीबाट हट्यो । पछिल्लो पटक असार १५ गतेसम्मको संसदको सम्भावित कार्यतालिका बनेको छ । त्यसमा पनि निजामती विधेयक पास गर्ने नपरेपछि सांसदहरुले संसदमा प्रश्न गरेका हुन् ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






