नेभिगेशन
Podcasts

'एमालेका छोराछोरीले बालेन मन पराउन पाउँछन्'

डा. सुजन कडरिया नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुन् ।

एमालेले यस वर्षदेखि विद्यार्थी संगठनमा ३२ वर्ष उमेर हद लगाउने निर्णय गरेपछि नेतृत्व तहमा रहेका धेरै नेता प्रतिस्पर्धाबाट स्वतः बाहिरिएका थिए । 

अघिल्लो कार्यसमितिका सचिव सुजन कडरिया प्रकाश पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । पेशाले चिकित्सक कडरिया अब आफ्नो लक्ष्य राम्रो नेता हुने रहेको बताउँछन् । 

नेपाल शो पडकास्टमा डा. कडरियाले व्यक्त गरेको विचारहरु :  

उमेर हदले विद्यार्थी राजनीतिमा धेरै सुधार गर्छ । लामो समय विद्यार्थी राजनीति गर्ने र राजनीतिलाई नै जीविकाको माध्यम बनाउने प्रचलन यसले हटाउँदै जान्छ । 

यतिबेलाको शैक्षिक मुद्दा के हुनुपर्छ भन्ने विषयमा हामी अध्ययन गर्दैछौं । अध्ययनपछि ठोस कार्यक्रम लिएर आउँछौं । 

देशमा दुई खाले शिक्षा पद्धति हुन सक्दैन । शिक्षा र स्वास्थ्य जस्तो विषयमा व्यापार हुन सक्दैन । 

विद्यार्थी संगठन पार्टी बाट अलग हुन सक्दैन । पार्टीकै नीतिहरु कार्यान्वयनमा सहयोग गर्ने हो । 

अहिलेका युवाहरुले राजनीतिप्रति वितृष्णा राख्ने होइन, आफैं राजनीतिमा सक्रिय हुनुपर्छ नभए पनि राजनीति बुझ्नुपर्छ । 

बाध्यतामा विदेशिएकाहरुले देशमा राम्रो भइरहेको छैन भनेर विरोध गर्ने हक छ, तर हामीले राम्रो काम गर्न प्रयास गर्नुपर्छ । 

देश चलाउन युवा मात्र होइन, अनुभवी पुस्ता पनि चाहिन्छ । नयाँ भन्दैमा सबै राम्रो हुँदैन । 

एमालेका छोराछोरीले बालेन शाहलाई मन पराउन पाउँछन्, किनकी उहाँ राम्रो र्‍यापर हो, तर अरु दललाई गाली गर्ने बालेनको शैलीको भने हामीले आलोचना गर्नुपर्छ । 

म राम्रो डाक्टर हुँ, मैले जाँचेका विरामीहरु सबै सन्तुष्ट नै छन् । अब राम्रो नेता बन्नुछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts