3 Minute
रास्वपा र राप्रपाको अवरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर स्थगित भएको छ ।
संसद बैठकको सुरुमै रास्वपा र राप्रपा सांसदहरु उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरेका हुन् । उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर विशेष कारणवश स्थगित गरेको बताएका छन् ।
संसदमा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने गर्छन् । तर रास्वपाले होहल्ला गर्ने भएपछि सभामुखले उक्त कार्यक्रम स्थगित गरेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरे पनि सभामुखले बजेटमाथिको छलफल भने अगाडि बढाएका छन् । रास्वपा र राप्रपा सांसद भने बैठक हल छाडेर बाहिरिएका छन् ।
प्रकाशित मिति:
शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








