रास्वपा सांसदहरुले बहिस्कार गरे संसद बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै रास्वपा सांसदहरुले नाराबाजी गर्दै आएका छन् । रास्वपाका सांसदहरुले वेल घेराउ गर्दै आएका छन् । तर त्यसका बाबजुद संसद बैठक चलिरहेको छ ।
निरन्तर वेल घेराउ गर्दा पनि संसद चलाएपछि रास्वपाका सांसदहरुले शुक्रबार बैठक बहिस्कार गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरु आ आफ्नो स्थानमा उठेका थिए ।
उनीहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय दिएनन् । बरु प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम समेत स्थगित गरे र विनियोजन विधेयकमाथि छलफल अगाडि बढाए ।
त्यसपछि रास्वपा सांसदहरुले बैठक बहिस्कार गरे । ‘संसदमा भनिरहेको कुरा प्रधानमन्त्रीलाई सुनाउन चाहेका थियौं, तर हामीलाई समय विनियोजन भएन’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा सांसद सोविता गौतमले भनिन्, ‘निरन्तर आवाज उठाउँदा पनि सुनिँदैन भने यो सदनमा हाम्रो स्थान रहेनछ भनेर बहिस्कार गरेका हौं । अब जनतामा जानु बाहेक के विकल्प रह्यो र ?’
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



