क्रिकेट रंगशालाका लागि भरतपुरले छुट्यायो ४ करोड बजेट
भरतपुर महानगरपालिकाले गौतमवुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ । आइतबार उपमेयर चित्रसेन अधिकारीले नगरसभामा आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै गौतमवुद्ध क्रिकेट रंगशालालाई ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
धुर्मुस सुन्तली फाउन्डेसनले २०७५ सालमा निर्माण सुरु गरेको रंगशाला हाल बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले बनाइरहेको छ ।
आर्थिक अभावका कारण रंगशाला निर्माण पूरा गर्न नसकेपछि फाउन्डेसन २०७८ मा बाहिरिएको थियो । त्यसपछि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत व्यहोर्ने गरी निर्माण अगाडि बढाएको छ ।
रंगशाला निर्माणका लागि २०८१ असार २४ गते ठेक्का लागेर काम अगाडि बढाइएको छ । यसको लागत ७५ करोड ५० लाख रुपैयाँ छ । ३० महिनाभित्र अर्थात २०८३ साल पुस २२ गते रंगशालाको काम सक्ने गरी बीबीआर निर्माण कम्पनीले ठेक्का पाएको छ ।
भरतपुर महानगरले चालु आर्थिक वर्षमा पनि रंगशालाका लागि ४ करोड रुपैयाँ छुट्याएको थियो । भरतपुर महानगरले आगामी आर्थिक वर्षको बजेटमा रंगशालाको जग्गाको लिज रकम भुक्तानीको लागि पनि रकम छुट्याएको जनाएको छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






