इरानले बन्द गरेको हर्मुज स्ट्रेट के हो ?

अमेरिकाले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले तेल ओसारपसारका लागि संसारकै व्यस्त मानिने हर्मुज स्ट्रेट बन्द गरेको छ ।
तेल तथा ग्यासको २० प्रतिशत हिस्सा हर्मुज स्ट्रेटकै बाटो भएर ओसार पसार गरिन्छ । हर्मुज स्ट्रेट बन्द हुँदा विश्व अर्थतन्त्रमै असर पर्छ र विश्वभर तेलको मूल्य बढ्न सक्छ ।
यसले विश्वभर नै वस्तु र सेवाको मूल्य बढ्न सक्छ । विश्वका ठूला अर्थतन्त्रहरु अमेरिका, भारत जापानलाई समेत असर गर्नेछ । किनकी यी देशले समेत हर्मुज स्ट्रेटको बाटो भएर तेल आयात गर्ने गरेका छन् ।
हर्मुज स्ट्रेट अरेबियन सागरको एउटा घाँटी हो । जसको उत्तरमा इरान, दक्षिणमा ओमान र संयुक्त अरब इमिरेट्स छ । यसको लम्बाइ करिब ५० किलोमिटर छ र चौडाइ ३३ किलोमिटर छ ।
यो ठाउँ क्रुड आयल बोकेका ठूला ठूला ट्यांकर सजिलै आवतजावत गर्न सक्ने गरी गहिरो छ । हर्मुज स्ट्रेटको प्रयोग मध्यपूर्वी क्षेत्रका तेल तथा ग्यास उत्पादक र तिनीहरुका ग्राहकले गर्छन् ।
सन् २०२३ को पहिलो ६ महिनासम्म हर्मुज स्ट्रेटको बाटो भएर प्रतिदिन २ करोड ब्यारेल तेल ओसार पसार हुन्थ्यो । अमेरिकी इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसन (ईआईए) का अनुसार यो घाँटीबाट प्रतिदिन ६ खर्ब डलरको कारोबार हुन्छ ।
इरानका साथै खाडी क्षेत्रका इराक, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सबाट बिक्री हुने तेलको मात्रा हो यो ।
बेलायतको खुफिया एजेन्सी एम १६ का पूर्व प्रमुख एलेक्स योंगरका अनुसार हर्मुज स्ट्रेटमा नाकाबन्दी भएमा यो इरान–इजरायलको सबैभन्दा खराब दृश्य हुनेछ ।
‘हर्मुज स्ट्रेट बन्द हुँदा त्यसले अविश्वसनीय आर्थिक समस्या निम्तनेछ, यसको असर स्वरुप तेलको मूल्य पनि बढ्न सक्छ’, उनले भनेका छन् ।
अरब प्रायदीपको भूराजनीतिका विज्ञ कुवेत युनिभर्सिटीका उपप्राध्यापक बदर अल सैफका अनुसार हर्मुज स्ट्रेटको सीधा सम्बन्ध विश्व बजारसँग छ ।
यसले तेलको मूल्य मात्र नभई स्टक मार्केटमा पनि असर पार्न सक्ने उनको भनाइ छ । यसले खाडी मुलुकको अर्थतन्त्रमा अत्यधिक प्रभाव पार्नेछ । अनुसन्धानमूलक संस्था भोर्टेक्साका अनुसार साउदी अरब एक्लैले प्रति दिन ६० लाख ब्यारेल क्रुड आयल हर्मुज टापु भएर निर्यात गर्छ ।
इरानले भने प्रतिदिन १७ लाख ब्यारेल क्रुड आयल प्रतिदिन बिक्री गर्छ । इरानले सन् २०२५ मार्चमा सकिएको यो आर्थिक वर्षमा ६७ बिलियन डलरको तेल बिक्री गर्यो । जुन पछिल्लो एक दशककै बढी भएको इरानको केन्द्रीय बैंकको तथ्यांक छ ।
हर्मुज स्ट्रेट बन्द हुँदा यसले एसियाको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्नेछ । सन् २०२२ मा एसियामा बिक्री भएका क्रुड आयल र अन्य पेट्रोलियम उत्पादनको ८२ प्रतिशत हर्मुज टापु भएरै ओसारपसार भएका थिए । इरानले निर्यात गर्ने ९० प्रतिशत तेल चीन एक्लैले किन्छ ।

दक्षिण एसियाका युवा आन्दोलन, जसले बढार्यो पुरानो सत्ता

चीनले देखायो नयाँ हतियार, जसले अमेरिकासम्म हान्न सक्छ मार

अफगानिस्तानमा भूकम्पबाट ८०० भन्दा धेरैको मृत्यु, २,८०० घाइते

बेइजिङ कब्जा गरिसकेको जापान कसरी हार्यो चीनसँग ?

एसियाका १० धनाढ्य : मुकेश अम्बानीदेखि टिकटकका मालिकसम्म
-1756042148.jpg)