एयरलाइन्सले दायित्व पन्छाउँदा विमानस्थलमा यात्रीको बिचल्ली
कपिलवस्तु गजेडाका दिनेश विक यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलमलमा छन् । यो बर्खायाममा बुटबल– दाउन्ने–नारायणगढको हिलाम्मे बाटो छिचोल्दै काठमाडौं आइपुगेका हुन् उनी । यतिबेला साउदी अरब पुगिसक्नुपर्ने थियो ।
तर, इरान र कतारबीच तनाब बढेपछि खाडी जाने विमानहरु एकाएक रोकिए । यसको मार काठमाडौंमा दिनेशले पनि भोग्दैछन् ।
उनी घरबाट हिँड्दा सब ठिकठाक थियो, काठमाडौं आएपछि पो थाहा भयो उडान नै रद्द भएछ । उनी विदेश जान भिसा, कागजात र आफ्ना सरसामान सबै बोकेर त आए । तर, अब कहिले विमान उड्छ र साउदी पुग्न पाइन्छ भन्ने अन्योल छ । दिनेश काठमाडौंमा अलपत्र परेका छन् ।
उनलाई अब एयरलाइन्सले हात्तिसार गएर टिकटबारे बुझ्न भनिरहेको छ । तर, विरानो शहरमा उनी अलमलमा छन् ।
‘अचानक टिकट क्यान्शिल भयो । काठमाडौं बिहान ५/६ बजे आइयो । १० बजेको टिकट थियो । अहिलेसम्म उड्न पाइएन,’ उनी भन्छन्,‘एयरलाइन्सले हात्तिसार जान भन्छ । हामीलाई केही थाहा छैनन् किन जाने ? के का लागि जाने । सरकारले हामीलाई छिटो पठाउनुपर्यो ।’
झापाका किरणकुमार मुखिया सुनुवारको पनि दु:ख उस्तै हो । दुबई जान काठमाडौंमा आएका उनको सोमबार रातिको टिकट थियो । तर, उनी पनि उड्न पाएनन् । उनलाई कतारमा इरानको आक्रमणपछि उडान रोकिएको थाहा छ ।
तर, अब के गर्ने भन्ने थाहा छैन । न म्यानपावरले राम्रोसँग सूचना दिइरहेको छ, न एयरलाइन्स र विमानस्थल प्रशासनले नै । बिलखबन्दमा छन्, किरणकुमार ।
‘कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । मिडियाहरुमा पनि त्यही देखियो । अहिलेसम्म आधिकारिक रुपमा केही जानकारी आएको छैन,’ उनी भन्छन्,‘रातिदेखि चिसो भुँइमा पानी परिरहेको थियो । त्यहीँ बस्नुपर्यो । एयरलाइन्सवालाहरुले बाहिर जानु । मेनपावरसँग सम्पर्क गर्न भन्छ । मेनपावरले एकछिन त्यहीँ बस भन्दैछ । के गर्ने दोधारमा छु ।’
अहिले त्रिभुवन विमानस्थलमा अलपत्रे पर्नेहरु धेरै छन् । कतिबेला उडानको सूचना आउाछ भनेर उनीहरु एयरपोर्टकै कुरिररहेका छन् । एयरलाइन्सले पनि यात्रीलाई खाना बस्नका व्यवस्था गरेका छैनन् ।
विमानस्थलमै यात्रीहरु केहि नयाँ खबर आउाछ कि भनेर कुरिरहेका छन् । तर, उनीहरुलाई सूचना दिने कोही छैनन् । स्पेन जानका लागि पोखराबाट काठमाडौं आएकी हिमा कार्कीको गुनासो पनि उस्तै छ ।
‘हिजो पोखराबाट आए । होटलमा बसे । अहिले उड्न समयमा यहाँ आउँदा रोकिएको छ । पहिल्यै हामीलाई सूचनाहरु हुनुपर्थ्यो,’ उनी भन्छिन्,‘यदी रोकिने भए । केही जानकारी पाइएन । यो त हाम्रो सरकरको लापरबाही हो जस्तो लाग्छ । भोली अफिस जानु छ । नाति छोरी पनि सँगै छन् । अलपत्र परियो ।’
धेरै यात्रीहरुको गुनासो उस्तै छ । यसरी उडान रद्ध भएपछि एयरलाइन्सले होटलमा राख्नुपर्ने हो । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौं आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।
सोमबार राति विमान चढिसकेपछि एक घण्टा कुराइयो । अनि एकाकएक ओरालेर उनीहरुलाई विमानस्थलबाट बाहिर पठाइयो । तर, उनीसँग बाहिर होटलमा बस्ने पैसा नै छैन ।
‘२३ तारिखको फ्लाइट थियो । १० बजेर ५ मिनेटको फ्लाइटमा उड्न पाइएन । हामीलाई कुनै जानकारी दिइएन,’ उनी भन्छन्,‘ फ्लाइट क्यानिसल गरियो । पेलेनमा गएर एक डेढ घण्टा बसियो । पछि प्लेन उडेन ।’
आकस्मिक रुपमा उडान रद्ध हुँदा धेरै यात्रुहरुले विमानस्थलमा चिसो भुईंमै रात बिताएका छन् । अहिले पनि उनीहरुलाई उडानबारेका सूचनाहरु दिइएको छैन । त्यसैले प्रहरीले लखेट्दा पनि यात्रुको जाने ठाउँ छैन ।
अन्तर्राष्ट्रिय हवाई यात्रुलाई उडान रद्ध भएपछि एयरलाइन्सले होटलमा लगेर राख्ने चलन हुन्छ । यो उनीहरूको कानुनी दायित्व नै हो ।
तर, खाडी जाने यात्रुहरुलाई एयरलाइन्सले पनि अन्यायपूर्ण व्यवहार गरेको देखिन्छ । एयरपोर्टमा पनि उनीहरुलाई चैनका साथ बस्न दिइएको छैन । प्रहरीहरुले उनीहरुलाई बेला–बेलमा बाहिर जान दबाब दिइरहेका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



