गभर्नरको सम्पत्ति : १४ करोडको सेयर, ४५ तोला सुन
गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको विवरण अनुसार पौडेलको शेयरमा धेरै लगानी रहेको देखिन्छ ।
पौडेलले सानिमा बैंक, सानिमामाई हाइड्रो, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी प्रालिमा संस्थापक सेयर लिएका छन् । पौडेलसँग करिब १४ करोड ५ लाख रुपैयाँ बराबरको सेयर छ ।
उनको २ वटा घरसहित ३ ठाउँमा जग्गा छ । ललितपुरको भैंसेपाटी र गैंडाकोटमा उनको स्वआर्जन र पैतृक स्रोतबाट जोडिएको घरजग्गा छ ।
५ आना २ दाममा बनेको भैंसेपाटीको घर १ करोड ५५ लाख रुपैयाँ मूल्यको छ ।
यस्तै गैडाकोटमा ६० लाख मूल्यको घर छ । गैंडाकोटमा करिब ५ रोपनी जग्गा पनि छ । घर जग्गा सबै श्रीमती प्रतिभा शर्माको नाममा छ ।
यस्तै गभर्नरसँग ४५ तोला सुनको गहना छन् । करिब १५ लाख मूल्यका हिराका गहना पनि छन् ।
विभिन्न बैंकहरुमा पौडेल र उनकी श्रीमतीको नाममा २७ लाख रुपैयाँ बैंक ब्यालेन्स पनि छ । सानिमा, नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकमा बैंक मौज्दातहरु रहेको देखिन्छ ।
गभर्नर पौडेलकी श्रीमतीको नाममा ४४ लाख मुल्यको सुजुकी कार पनि छ । यो कार २०७७ भदौमा किनिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
हेर्नुस् पूरा विवरण



रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






