गभर्नरको सम्पत्ति : १४ करोडको सेयर, ४५ तोला सुन
गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको विवरण अनुसार पौडेलको शेयरमा धेरै लगानी रहेको देखिन्छ ।
पौडेलले सानिमा बैंक, सानिमामाई हाइड्रो, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी प्रालिमा संस्थापक सेयर लिएका छन् । पौडेलसँग करिब १४ करोड ५ लाख रुपैयाँ बराबरको सेयर छ ।
उनको २ वटा घरसहित ३ ठाउँमा जग्गा छ । ललितपुरको भैंसेपाटी र गैंडाकोटमा उनको स्वआर्जन र पैतृक स्रोतबाट जोडिएको घरजग्गा छ ।
५ आना २ दाममा बनेको भैंसेपाटीको घर १ करोड ५५ लाख रुपैयाँ मूल्यको छ ।
यस्तै गैडाकोटमा ६० लाख मूल्यको घर छ । गैंडाकोटमा करिब ५ रोपनी जग्गा पनि छ । घर जग्गा सबै श्रीमती प्रतिभा शर्माको नाममा छ ।
यस्तै गभर्नरसँग ४५ तोला सुनको गहना छन् । करिब १५ लाख मूल्यका हिराका गहना पनि छन् ।
विभिन्न बैंकहरुमा पौडेल र उनकी श्रीमतीको नाममा २७ लाख रुपैयाँ बैंक ब्यालेन्स पनि छ । सानिमा, नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकमा बैंक मौज्दातहरु रहेको देखिन्छ ।
गभर्नर पौडेलकी श्रीमतीको नाममा ४४ लाख मुल्यको सुजुकी कार पनि छ । यो कार २०७७ भदौमा किनिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
हेर्नुस् पूरा विवरण



रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








