ट्रेन चलाइरहेका थिए, मन्त्री बनेको थाहै पाएनन्
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्याङले मन्त्रिपरिषद् गठन गर्दा ५७ वर्षीय किम योङ–हुन ट्रेन चलाइरहेका थिए ।
राष्ट्रपति लीले ब्लू कलर बर्करको तर्फबाट किम योङ–हुनलाई श्रम मन्त्री चयन गरे । ब्लू कलर बर्करको तर्फबाट मन्त्री बन्ने अवसर पाउने पहिलो व्यक्ति हुन उनी । तर यो निर्णय केही घण्टासम्म थाहै पाएनन् । किनकी बुसान र गिमचियनको बीचमा ट्रेन चलाइरहेका उनको फोन पनि अफ थियो ।
उनले आफ्नो सिफ्ट पूरा गरे, ट्रेनबाट झरे । त्यसपछि बल्ल आफू मन्त्री नियुक्त भएको थाहा पाए ।
उनको नियुक्तिलाई लिएर अनेक प्रतिक्रिया आइरहेका छन् । आलोचकहरुले चाहिँ राजनीतिक नेतृत्व र श्रमिक संगठनबाट उनको भूमिका प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।
पदभार ग्रहण गर्नुअघि उनले सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्नेछ । राष्ट्रपतिका चिफ अफ स्टाफ काङ हुन सिकका अनुसार मन्त्रीका रुपमा उनले औद्योगिक दुर्घटना, ४.५ डे वर्क सिस्टम र बैध श्रमको दायराको विवाद समाधान गर्नुपर्ने हुनसक्छ ।
डोङ–ए युनिभर्सिटीबाट स्नातक गरेका बुसानका किम योङ–हुनले पोलिटिकल पोलिसी पनि अध्ययन गरेका छन् ।
उनले २०१० देखि २०१२ सम्म कोरियन ट्रेड युनियन केसीटीयूको नेतृत्व गरेका थिए । १२ लाख श्रमिक आवद्ध केसीटीयू देशकै सबभन्दा ठूलो श्रमिक समूह हो ।
उनको नियुक्तिलाई लिएर मिश्रित प्रतिक्रिया छ । विपक्षी पिपुल पावर पार्टीले आलोचना गरेको छ । उसको आशंका छ कि सरकारको नीति केसीटीयूको राजनीतिक एजेण्डाबाट प्रभावित हुनसक्छ ।
श्रमिकहरुको संगठन फेडेरेसन अफ कोरियन ट्रेड युनियनले भने किम योङ–हुनले श्रमिक, व्यवस्थापन र सरकारबीच सम्वाद र सहमतिका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
अनलाइन ठगीका बादशाह चेनको कम्बोडिया कनेक्सन
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
जापानले पायो पहिलो महिला प्रधानमन्त्री
मादागास्कर जेनजी आन्दोलन : राष्ट्रपति भागे, सेनाले लियो सत्ता


-1761836913.jpg)






