एकीकृत समाजवादीमा माधव नेपालबारे बोल्न निषेध
एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालबारे बोल्न रोक लगाएको छ ।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि अध्यक्ष नेपालमाथि प्रश्न उठेको छ । तर उनले संसदीय दलको नेता र अध्यक्ष पद छाडेका छैनन् ।
शनिबार एक सार्वजनिक कार्यक्रममा नेता रामकुमारी झाँक्रीले अर्ली महाधिवेशन गर्नु पर्ने मत राखेकी थिइन् । उनले कसैको नाम नलिई मरेको सिनो बोकेर हिँड्न सकिँदैन भनेपछि नेताहरु प्रतिवादमा उत्रिएका छन् ।
आइतबार महासचिव घनश्याम भुसालले वक्तव्य निकालेर पार्टीको आधिकारिक धारणासँग बाझिने गरी सार्वजनिक रुपमा नबोल्न र नलेख्न भनेका छन् । उनले भनेका छन्, ‘पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरु छन भन्ने कुरामा हेक्का राख्न स कुनै पनि बहानामा सार्वजनिक वाद प्रतिवादमा नउत्रिन समेत सबैलाई आग्रह गर्दछ ।’
एकीकृत समाजवादीले पूर्व प्रधानमन्त्री नेपालविरुद्ध चलेको मुद्दामा राजनीतिक प्रतिशोध भनेको छ ।
हेर्नुहोस् एकीकृत समाजवादीको वक्तव्य

सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



