दुर्घटना भएको ट्रकमा अड्किएका घाइते चालकको ३ घण्टापछि उद्धार
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा आइतबार साँझ ट्रक दुर्घटनामा परेका चालकको ३ घण्टापछि उद्धार गरिएको छ ।
स्टेरिङमा च्यापिएका ३५ वर्षका अरुण श्रेष्ठलाई सशस्त्र प्रहरी बलले झ्याल काटेर उद्दार गरेको हो ।
आइतबार राति हेटौंडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फ पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनापछि ना ६ ख ३७६३ नम्बरको ट्रकका चालक चितवन भरतपुर उपमहानगरपालिका–१६ बस्ने श्रेष्ठ स्टेरिङले च्यापिएर ट्रकमै अड्किएका थिए ।
सशस्त्र प्रहरी बलको १४ नम्बर गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारपछि उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । दुबै ट्रकमा चालक मात्र थिए । अर्को ट्रकका चालक भने सामान्य छन् ।
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?
विदेश जाँदा के–के लैजान मिल्दैन ?
निपा भाइरस कसरी सर्छ ? कसरी बच्ने ?
रविको चेतावनी : पुरानो संसद फर्काउने चलखेल स्वीकार्दैनौं
रुकुममा प्रचण्डसँग चुनाव लडेका शहीदपुत्र








