थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङत्रान सिनावात्रालाई निलम्बन गरेको छ । गत महिना छिमेकी देश कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरेको फोन कल लिक भएपछि उनीमाथि राजीनमाको दबाब बढेको थियो ।
लिक भएको फोन कलमा उनले हुन सेनलाई अंकल भनेकी थिइन् र थाइ सेनाका कमाण्डरको आलोचना गरेकी थिइन् ।
यो घटनापछि सांसदहरुको एक समूहले प्रधानमन्त्रीको भनाइ संविधान विपरीत रहेको भन्दै संवैधानिक अदालतमा मुद्दा दिएको थियो । जसमाथि सुनुवाइ गर्दै संवैधानिक अदालतले उनलाई निलम्बन गरेको हो । संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये ३ जनाले निलम्बनको पक्षमा र २ जनाले निलम्बनको विपक्षमा मत दिएका थिए ।
निलम्बनको आदेशविरुद्ध प्रधानमन्त्री पेतोङत्रानले १५ दिनभित्र अपिल गर्न सक्नेछिन् ।
त्यतिन्जेलका लागि भने उपप्रधानमन्त्रीले कार्यबाहक प्रमुखको रुपमा देश चलाउनेछन् ।
हुन सेनसँग सीमा समस्याका विषयमा गरेको वार्ता सार्वजनिक भएपछि प्रधानमन्त्री पेतोङत्रान आलोचनाको तारो बनेकी थिइन् । त्यही घटनापछि सत्ता गठबन्धनको दोस्रो ठूलो दलले गठबन्धन छाडेको घोषणा गरेको थियो ।
प्रधानमन्त्री पेतोङत्रानले भने आफूले समस्या समाधान गर्न नरम देखिने प्रयास गरेको स्पष्टीकरण दिएकी थिइन् । आलोचना बढ्दै गएपछि मंगलबार पनि उनले माफी मागेकी थिइन् ।
थाइल्याण्डमा आफ्नो कार्यकाल पूरा नगर्दै कार्यकारी प्रमुखबाट पदमुक्त हुनेमा हालकी प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा परिवारकी तेस्रो सदस्य हुन् । यसअघि उनका बाबु थाक्सिन सिनावात्रा र फुपु यिनलक सिनवात्रा पनि कार्यकाल पूरा नगर्दै पदमुक्त भएका थिए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



