धनुषामा तस्कर समुहसंगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते
धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा तस्कर समूहसंगको झडपमा ६ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
भारतबाट ल्याएका अवैध सामान राखेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट एक टोली बिहीबार गोबराही इलाकामा खटिएको थियो । खोजतलास गर्ने क्रममा एक वटा मोटरसाइकल फेला पारेको थियो ।
त्यसपछि नजिकैको टहरोमा खोजतलास गर्ने क्रममा सय-डेढ सय जनाले घरेलु हातहतियार र ढुंगामुढाले आक्रमण गरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यस क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका हुन् । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाइ फायर गरेको थियो ।
घाइतेमध्ये ३ जना सामान्य उपचारपछि ठीक भएका छन्, तीन जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



