धनुषामा तस्कर समुहसंगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते
धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा तस्कर समूहसंगको झडपमा ६ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
भारतबाट ल्याएका अवैध सामान राखेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट एक टोली बिहीबार गोबराही इलाकामा खटिएको थियो । खोजतलास गर्ने क्रममा एक वटा मोटरसाइकल फेला पारेको थियो ।
त्यसपछि नजिकैको टहरोमा खोजतलास गर्ने क्रममा सय-डेढ सय जनाले घरेलु हातहतियार र ढुंगामुढाले आक्रमण गरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यस क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका हुन् । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाइ फायर गरेको थियो ।
घाइतेमध्ये ३ जना सामान्य उपचारपछि ठीक भएका छन्, तीन जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






